काठमाडौंमा बिमस्टेकको चौथो शिखर सम्मेलन सुरु {LIVE}


१४ भाद्र २०७५, बिहीबार
Nepal


काठमाडौं, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलन काठमाडौंमा सुरू भएको छ । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उद्घाटन अध्यक्ष राष्ट्रका हिसाबले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सम्बोधन गरीरहेका छन् ।

सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७