भिषणको ‘खोर्सानी डल्ले’ सार्वजनिक
काठमाडौं, १५ भदौ । गायक भिषण मुकारुङको ‘खोर्सानी डल्ले’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । पुर्वेली लोक भाकामा रहेको गीत तथा म्युजिक भिडियोमा किरात संस्कृतिलाई समेटिएको छ ।
मुकारुङ कै शब्द, संगीत, स्वर रहेको म्युजिक भिडियोमा हाँस्य कलाकार वील्सन बिक्रम राई, अरुणा कार्की, रेखा फागो, ‘कुल्फीवाला’ उपनामले चर्चित मनकुमार राईले लगायत सुरवीर पन्डित, रामचन्द्र अधिकारीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन वील्सन बिक्रम राईले गरेका छन् ।