उपत्यकामा मेट्रो रेल सञ्चालन गरिने


२७ कार्तिक २०७४, सोमबार
metro

काठमाडौँ: सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।metro

लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनकाअनुसार उपत्यकामा सञ्चालन गर्ने दुई मार्गमध्ये एउटा रेल विभागले र अर्को लगानी बोर्डले सञ्चालन गर्ने भन्ने उल्लेख थियो ।

लगानी बोर्डले अगाडि बढाउने मार्गको डिपिआर अगाडि बढाउन बोर्डको बैठकले निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।त्यसैगरी बैठकले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थाका लागि एक वर्ष र अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि छ महिना म्याद थप गर्ने निर्णय गरेको उनले उल्लेख गरे ।बैठकमा उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७