क्यान्सर पीडित असली विश्वकर्माको लागि सहयोग जुटाउँदै नेपालेडाडा परिवार
काठमाडौं, २५ असोज । भोजपुर षडानन्द नगरपालिका १, नेपालेडाडाका असली (मैयाँ) विश्वकर्मा पेट क्यान्सर भइ थला परिन् । सामान्य परिवारका विश्वकर्माको उपचार लागि ८ लाख भन्दा बढी खर्चे भइसके ।
रकम हस्तान्तरण गर्दे नेपालेडाडा परिवार ।
यतिन्जेल उनलाई ३ लाख बढी क्रृण लागिसकेको छ । उनलाई एकातिर श्रीमतीलाई कसरी बचाउने भन्ने चिन्ता, अर्कोतिर क्रृणमा डुब्दै गएपछि सबैलाई सहयोगको लागि अपिले गरे । उनको अवस्थाको बारेमा अन्लाईन सञ्चार माध्यमहरुबाट ‘श्रीमतीलाई क्यान्सर भयो, श्रीमान सहयोगी हातहरुको खोजीमा’ शिर्षकमा समाचार प्रकाशित भएको भए ।
यसरी समाचार प्रकाशित भएपछि नेपालेडाडा परिवार काठमाडौंको संयोजनमा उनको उपचार खर्चे जुटाउन लागि परेका छन् । यसैक्रममा परिवारले विभिन्न सहयोगी हातहरुबाट संकलन भएको रकम ६०,६८२ रुपैयाँ मंगलबार हस्तान्तरण गरेको छ ।
संस्थाका पुर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार योगेन्द्र राईको बिशेष पहलमा संकलित रकम योगेन्द्रसँगै नेपालेडाडा परिवारका सचीव पदम राई र सदस्य राजन खड्का सहितको उपस्थितिमा हस्तान्तरण गरियो ।
रकम हस्तान्तरण दुर्ग विश्वकर्माल जसोतसो गरेर श्रीमतीलाई बचाउन पाए केही गरेर भएपनि गुजारा हुने बताए । उनले भने,‘यस्तो अवस्थामा आफुलाई कसैले सहयोग गर्नुभए उहाँहरु आफ्नो लागि भगवान सरह हुनेछ्न ।’
यस्तै परिवारले असली (मैया) विश्वकर्माको उपचारमा लागि देश विदेशमा रहेका सहयोगी मनहरुलाई सहयोग गर्ने आग्रह गरेको छ ।