सामुहिक बलात्कारपछि तीन तले अपार्टमेन्टबाट नाङ्गै हामफालिन युवती


५ कार्तिक २०७५, सोमबार

काठमाडौं, ५ कात्तिक । भारतको जयपुरमा एक २३ वर्षीया नेपाली युवतीमाथि सामुहिक बलात्कार भएको छ ।

घटनामा संलग्न २ आरोपीलाई शनिबार राति पक्राउ गरिएको छ । जयपुरका सहायक पुलिस आयुक्त केके अवस्थीले दिएको जानकारीका अनुसार २३ वर्षीय नेपाली युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा १९ वर्षीय लोकेश सैनी र २४ वर्षीय कमल सैनीलाई शनिबार राति पक्राउ गरिएको हो ।

थाना प्रमुख देवेन्द्रले दुवै जनाले शनिबार राति युवतीलाई बलात्कार गरेका थिए । आफूमाथि दुस्कर्म भएपछि २३ वर्षीय नेपाली महिलाले मुहाना अपार्टमेन्टको तेस्रो तलाबाट नाङ्गै हाम फालेकी थिइन् ।

उनलाई प्रहरीले अस्पताल लगेका थिए । उनको उपचार भइरहेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७