चार छोरी भएका जेठाजु बुहारीसँग सल्किएपछि…


१३ कार्तिक २०७५, मंगलवार
Dilip mandal sex abuse mahotari 20181029145944

महोत्तरी, १३ कात्तिक । बुहारी नाताकी नव विवाहित महिलासँग शारीरिक सम्बन्ध बनाएको आरोपमा महोत्तरीका एक युवालाई स्थानीयले कुटपिट गर्नुका साथै मोसो दलेर गाउँ घुमाएका छन् ।

Dilip mandal sex abuse mahotari 20181029145944

विवाहित महिलासँग अनैतिक सम्बन्ध स्थापित गरेको आरोपमा महोत्तरीको एकडारा गाउँपालिका–१, का ३० वर्षीय दिलीप मण्डललाई स्थानीयहरुले ‘सामाजिक दण्ड’ दिएका हुन् ।

स्थानीयहरुले मण्डललाई आधा कपाल काटेर, जुता चप्पलको माला लगाई, निधारमा चुनको टीका लगाई गाउँ घुमाएका छन् । छिमेकीकी बुहारीलाई प्रलोभनमा पारी अनैतिक सम्बन्ध राखेको भन्दै मण्डललाई सामाजिक रुपमा दण्डित गरिएको स्थानीयले बताएका छन् ।

वडा नं. १ का वडाध्यक्ष रैहान रेजा अन्सारीले घटना वास्तविक भएको बताएका छन् । आफू बाहिर रहेको समयमा गाउँका एक समूहले त्यो घटना घटाएको र आफू सत्य तथ्य बुझ्ने प्रयासमा रहेको वडाध्यक्ष अन्सारीले बताएका छन् ।

घटना मानवअधिकार विपरीत रहेको गाउँपालिकाका अध्यक्ष रामछविला साहले बताएका छन् । आफूलाई केहीबेर अगाडि मात्र घटनाको सम्बन्धमा जानकारी भएकोले आफूले सत्य तथ्य बुझ्ने प्रयासरत रहेको गाउँपालिकाका प्रमुख साहले बताएका छन् ।

घटनास्थलमा पुगी प्रहरीको टोलीले अनुसन्धान शुरु गरिसकेको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउएका छन् । मण्डल सम्पर्कविहीन रहेकाले प्रहरीले खोज्ने प्रयासमा रहेको प्रहरी उपरीक्षक कार्कीले जनाए । मण्डल आफै विवाहित रहेको र उनको चार छोराछोरी रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७