पाल्पा-बुटवल सडक बन्द


१५ मंसिर २०७५, शनिबार
palpa sadak 1150 850
फाइल फोटो

पाल्पा, १५ मंसिर । पाल्पा–बुटवल सडक स्तरोन्नतिका लागि मंसिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने भएको छ ।

palpa sadak 1150 850

बुटवल–पाल्पा सडक खण्डअन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडक खण्डमा दैनिक सडक बन्द हुने भएको हो ।

बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए ।

बिरामी बोकेका एम्बुलेन्स बाहेक अन्य सवारीसाधन छ घण्टा नै रोकिने छन् । सडकमा खसेको ढुङ्गा फुटाइ हटाउनुपर्ने, पहिरो हटाउनुपर्ने तथा सडक मर्मत सम्भार गनुपर्ने हुँदा सडक बन्द गर्न बाध्य भएको अधिकारी आचार्यले बताए ।

दोभानको चिडियाखोलादेखि भुतखोला क्षेत्रको सडक बाह्रै महीना जोखिममा चालक सवारी चलाउन बाध्य छन् ।

स्थानीय बासिन्दाका अनुसार दोभानको सिद्धबाबा क्षेत्रमा हिउद तथा वर्षायाममा पहिरो खस्दै आएको छ । ढुङ्गासहितको पहिरोले सवारी दुर्घटना रोकिएको छैन । यस क्षेत्रमा पहिरोले मानवीय क्षति हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७