विवादास्पद ब्यापारी टिवडेवालाको कार्यक्रममा पूर्वडीआइजी रमेश खरेल अतिथि ?


९ पुष २०७५, सोमबार
ramesh kharel 1

काठमाडौं, ९ पुस । नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेल विवादास्पद ब्यापारीको २५ औं वैवाहिक समारोहमा सहभागी भएका छन् । बीरगंजमा सुपारी तस्करीका बादशाह मानिने प्रकाश टिवडेवालाका दाजु दीपक टिवडेवालको वैवाहिक जीवनको २५ औं बर्ष पूरा भएको उपलक्ष्यमा पोखराको फूलबारी रिसोर्टमा शुक्रबार (पुस ६) आयोजित पार्टीको प्रमुख अतिथिका रुपमा पूर्व डीआइजी खरेल सपरिवार सहभागी भएका थिए । प्रकाश टिवडेवाला र दीपक टिवडेवाला दाजुभाइ हुन् । उनीहरु बीरगंजमा सुपारीदेखि मरिचसम्म तस्करी गर्ने भनेर चिनिन्छन् ।

पूर्वडीआइजी खरेलको परिवारलाई आतेजाते हवाई टिकटसहित २ दिनसम्म फूलबारी होटलमा राखिएको थियो । ३३ किलो सुनकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीका पनि सपरिवार नै उक्त कार्यक्रममा सहभागी थिए । १ सयभन्दा बढी धनाढ्य मारवाडी ब्यापारी सहभागी उक्त कार्यक्रममा खरेलको भव्य स्वागत गरिएको थियो । खरेलले कार्यक्रममा प्रमुख अतिथिका रुपमा आधा घन्टा भाषण गरेका थिए ।

विवादास्पद ब्यापारीले आयोजना गरेको उक्त कार्यक्रममा खरेलले ‘प्रहरी जीवनमा आफूले विशिष्ट काम गरेको र नागरिक जीवनमा पनि आफूले उत्कृष्ट काम गरेर देखाउने बताएका थिए । पूर्वडीआइजी खरेल र एसएसपी लोहनी २ दिन टिवडेवालाको आतिथ्यतामा फूलबारी रिसोर्टमा बसेका थिए ।

खरेल पर्साको प्रहरी प्रमुख हुँदा लोहनी उनका ट्वाइसी थिए । पछि लोहनी पनि पर्साको प्रहरी प्रमुख भएका थिए । उनीहरुको पर्साको प्रहरी प्रमुख हुँदै टिवडेवाला दाजुभाइसँग घनिष्ठता भएकाले वैवाहिक समारोहमा प्रमुख अतिथि र अतिथिका रुपमा बोलाइएको समाचार स्रोतले बताएको छ । खरेल पर्सामा हुँदा उनलाई मिडियाले सिंघम एसपीका रुपमा प्र्रस्तुत गरेका थिए ।

पर्सामा हुँदा खरेल र लोहनीले ठूला तस्करबाट लाभ लिएर साना झोलेपोके समाएर चर्चामा आएको भन्ने आरोप लाग्नु र सुपारी तस्करीका बादशाहको बैवाहिक समारोहमा प्रमुख अतिथि बनाउनु संयोग मात्र मान्न कोही तयार छैनन् ।

विवादास्पद ब्यापारी टिवडेवालको वैवाहिक समारोहमा भाग लिएकोबारेमा पूर्वडीआइजी खरेलसँग सम्पर्क गर्दा उनको प्रतिक्रिया यस्तो छ–‘प्रकाश टिवडेवालाको दाजुको २५ बर्षको एनिभर्सरीमा म गएको हुँ । बीरगंजका प्रकाश टिवडेवाला पहिलाका विवादित एलसीकाण्डवाला प्रकाश होइनन् ।’
तर बीरगंजका प्रकाश टिवडेवाला पनि सुपारी तस्करीमा बदनाम हुन् नि भन्दा उनले भने–‘खोई मलाई थाहा भएन । पाष्ट खोज्नुहुन्न ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७