अर्घाखाँचीमा जीप दुर्घटना, एकको मृत्यु, चार घाइते


२७ पुष २०७५, शुक्रबार
jeep accident

अर्घाखाँची, २७ पुस । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका, ७ देउरालिमा जीप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

दुर्घटनामा भुमिकास्थान नगरपालिका, ५ बस्ने फुर्सीदेवी बर्मेलको उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा चालक किष्ण थापा क्षेत्री सहित चार जना घाइते भएका हुन् । घाइतेहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।लु १ ज १७६८ नम्बरको जिप सन्धिखर्क बाट तम्घासका जाँदै गर्दा हिज दिउँसो तीन बजे दुर्घटना भएको जिपमा सवार यात्रु गिता पन्थीले बताईन् ।

घाइते दुर्इजनालार्इ थप उपचारको लागी पाल्पा लगिएको छ । दुर्घटनामा परि घाइते हुनेहरुमा छत्रदेब गाउँपालिका, ४ अर्घाखाँची बस्ने वर्षीय सरिता पाण्डे, चालक दरबारदेवीस्थान गाउँपालिका, ३ गुल्मी बस्ने कृष्णबहादुर थापा, रेसुङ्गा नगरपालिका, ७ बस्ने गिता पन्थी र सन्धिखर्क नगरपालिका,१२ बस्ने सिमकला कुवँर रहेका यातायातका कार्यालय गुल्मीका प्रमुख डोलबहादुर कुँवरले नवीन केसी लाई जानकारी गराएका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७