हङकङमा सृजना राई गोर्खा ट्रैलब्लेजरको उमेर समुहमा प्रथम
काठमाडौं, २७ पुस । नेपाली धाविका सृजना राईले हङकङमा आयोजना भएको क्युनेट गोर्खा ट्रैलब्लेजरमा प्रथम स्थान हात पारेकी छिन् ।
गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङ र चाइल्ड वेलफेयर स्किमको संयुक्त आयोजनामा हङकङको ताइ पो ताउस्थित लाउ शुइ हेउङमा सप्पन्न भएको क्युनेट गोर्खा ट्रैलब्लेजर शनिबार भएको २६ कि.मि. दौडको १८ देखि २९ बर्ष उमेर समुहतर्फ नेपाली धाविका राई प्रथम हुन सफल भएकी हङकङमा रहेकाे बज्र थुलुङ राईले जानकारी दिए ।
दौडमा नेपालबाट आएकी सिर्जना राई ४ः०७ः२४ निधारित दुरी पार गरि महिला तर्फ छैठौं र उमेर समूहमा प्रथम भएकी हुन् ।
दौडमा २६ किलोमिटर तर्फ हङकङका वात किङ लोङ २ः४७ः५६ मा निर्धारित दुरी पार गरि प्रथम भएका छन् । यसमा मेक्सिकोका होसेलुइस एल्भेलाइसले २ः५२ः२९ मा निर्धारित दुरी पार गरि दोस्रो र अमेरिकी रोबिन फालले २ः५३ः२६ मा छिचोली तेस्रो भए ।
त्यसैगरी हङकङ निवासी यामनाथ लिम्बु ३ः२१ः३७ निधारिर्त दुरी पार गरि सातौं तथा उमेर समूहमा प्रथम भएका छन्।
१२ किलोमिटर दौडमा बेलायतका रायन व्हेल निर्धारित दुरि ०१ः०१ः४८ मा पार गरि प्रथम , सुजन लिम्बूले १ः११ः४८ निर्धारित दुरी पार गरि दोस्रो तथा निङ्लेखु कुमार १ः१३ः३८ मा पार गरि तेस्रो भए ।
यो प्रतियोगिता गोर्खाको सम्मानमा आयोजना गरिएको हो ।
जसमा ३१ देशका ४०० बढी सहभागी भएका छन् । दौडमा सहभागी ७१ जना नेपालीहरु पनि सहभागी भएका छन् ।
यो पनि पढ्नुहोस्
गोर्खा ट्रैलब्लेजरमा सहभागी हुन सिर्जना हङकङ जाँदै