चौधरी ग्रुपको होटल ‘भिभान्ता काठमाडौं’ सञ्चालनमा


३ माघ २०७५, बिहीबार

काठमाडौं, माघ ३ । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

नेपालको हस्पिटालिटी क्षेत्रमा यो अर्को महत्वपूर्ण कोशेढुंगा भएको चौधरी ग्रुपले जनाएको छ।

दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड ९आईएचसीएल० ले ‘भिभान्ता काठमाडौं’ को व्यवस्थापन सम्हालेको छ जसलाई विश्व विख्यात ताज ब्रान्डका रूपमा चिनिन्छ।

चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित चित्ताकर्षक रिसोर्ट ‘मेघौली सेराई’ पछि आईएचसीएलले व्यवस्थापन गर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो।

‘मेघौली सेलाई’लाई ‘एल–अफिसियल’ म्यागेजिनले संसारका सुन्दर होटलररेस्टुराँको सूचीमा राखेको छ ।

‘करिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं। ताजको बहुआयामिक व्यवस्थापनसँगै भिभान्ताले गुणस्तरीयता, सेवा र परिकारमा नयाँ मानक बनाउने छ,’ सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, ‘नेपालको पर्यटन प्रवद्र्धनमा भिभान्ताले निरन्तर रूपमा भूमिका खेल्नेछ, जसरी वर्षौंदेखि मेघौली सेराईले पर्यटनलाई केन्द्रमा राख्दै आएको छ ।’

सुन्दर सजावट, आकर्षक कलाकृतिले भरिपूर्ण ‘भिभान्ता काठमाडौं’मा ११० वटा रहरलाग्दा कोठा छन् । छोटो र लामो बसाइका लागि यो होटेल उत्कृष्ट रोजाइ बन्नेछ । विशेषगरी एसियाली स्वादमा रमाउनेका लागि ‘अकारी’ जस्तो विख्यात विकल्प पनि उपलब्ध छ । रुफटप बारसँगै ‘कोको’को ‘बिस्त्रो–स्टाइल’ र ‘मिन्ट’को स्थानीय नेवारी स्वाद पनि भिभान्तामा पाइनेछ ।

‘यात्रामा रुचि राख्ने र नेपालको सौन्दर्य परख गर्न चाहने विश्वभरका मानिसलाई हामी भिभान्ता काठमाडौँमा स्वागत गर्न आतुर छौँ,’ एनई ग्रुपका प्रबन्ध निर्देशक रवीन्द्रभक्त श्रेष्ठले भने, ‘संसारमा उपलब्ध उत्कृष्ट सेवाहरू भिभान्तामा पनि पाइनेछन्। पर्यटकलाई भिभान्ताको बसाई संझानायोग्य रहनेछ ।’

‘भिभान्ता काठमाडौं’ले व्यायामशाला, स्विमिङपुल र स्पाको सुविधा पनि उपलब्ध गराउनेछ, जसले यो क्षेत्रका मौलिक सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई जीवन्त राख्नेछन्। आतिथ्यताका हरेक विश्वस्तरीय मानकमा ‘भिभान्ता काठमाडौं’ले आफूलाई अब्बल सावित गर्नेछ।

आईएचसीएल र यसका ब्रान्डरएकाइहरू मौलिक भारतीय आतिथ्यता र विश्वस्तरीय सेवाको सम्मिश्रणमार्फत व्यावसायिक उडानमा लामो समयदेखि पखेटा फिँजाइरहेका छन्।

संस्थापक जमसेतजी टाटाको बृहत् योजनाबमोजिम टाटा ग्रुपले तत्कालीन बम्बईमा सन् १९०३ मा पहिलो होटल ‘ताज महल प्यालेस’ खोलेको थियो । कम्पनीले अहिले चार महादेशका ११ देशमा अवस्थित ७२ ठाउँमा १४५ वटा होटल सञ्चालन गरिरहेको छ ।

रविभक्त श्रेष्ठले नेतृत्व गरिरहेको एनई ग्रुप ‘भिभान्ता काठमाडौं’ को एक प्रमुख प्रवर्तक हो यो कम्पनीले हस्पिटालिटी, रियल–इस्टेट, वित्तीय, स्वास्थ्य, उपभोग्य सामग्री उत्पादन, प्राइभेट इक्विटीलगायत विविध क्षेत्रमा लगानी गरेको छ ।

सीजी हस्पिटालिटीले विश्वका ९ मुलुकमा ४ हजार २ सय कोठासहित ८५ वटा होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । थप ३ मुलुकमा २ हजार १ सय कोठासहित ४० वटा होटल र रिसोर्ट सञ्चालन तयारीमा छन् । सन् २०२० भित्र १० हजार कोठासहित विभिन्न २० मुलुकमा २ सय होटल खोल्ने कम्पनीको लक्ष्य छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७