ब्रेक्जिट रोकिएमा मुलुकले ‘राजनीतिक सुनामी’ को सामाना गर्नुपर्छ : व्यापार मन्त्री फक्स


७ माघ २०७५, सोमबार
liyam fox लियाम फक्स

एपी

लण्डन, संयुक्त अधिराज्य, ७ माघ । बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले निर्णय नलिएमा देशले ‘राजनीतिक सुनामी’ को सामना गर्नुपर्ने अवस्था आउने बेलायती व्यापार मन्त्रीले आइतबार बताएका छन् । 

अन्तराष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले टेलिग्राफ दैनिकमा लेखेका छन्, “ब्रेक्जिट प्रक्रिया अवरुद्ध हुनुले संसद र जनताबीचको दूरीलाई बढाइदिनेछ, जुन हाम्रो मुलुकको राजनीतिक प्रणालीमा विभाजनको कारक बन्नसक्छ र यसबाट अनपेक्षित नतिजाको सामना गर्नुपर्ने हुन्छ ।” 

प्रधानमन्त्री टरिजा मे ले इयूसँग बेलायत बहिर्गमनबारे गरेको सम्झौतापछि बेलायती संसदले सम्झौतालाई अस्वीकार गरेपछि बे्रक्जिट प्रक्रिया अवरूद्ध बनेको छ । केही सांसदहरूले राजनीतिक नेतृत्वमा सहमति नजुट्दासम्म मार्च २९ का लागि तय भएको बहिर्गमन प्रक्रियालाई ढिलो गर्न सुझाब दिएका छन् । 

यद्यपि प्रधानमन्त्री मेले आफ्नो अघिल्लो प्रस्ताव विफल भएपछि सोमबार संसदमा नयाँ योजनासाथ आउने बताइएको छ । विश्लेषकहरूले प्रधानमन्त्रीबाट व्यापक परिवर्तनसहितको नयाँ योजना आउने सम्भावना रहेको बताएका छन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७