अमेरिकामा संकटकाल घोषणा


४ फाल्गुन २०७५, शनिबार
trump

काठमाडौं, ४ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प राष्ट्रिय संकटकाल घोषणा गरेका छन् ।

trump

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन् । संकटकाल घोषणापत्र ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताए ।

आफूले निर्माण गर्ने पर्खाले काम गर्ने दाबी पनि उनले गरे । संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झण्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने उनले बताए ।

राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको संकट समाधान गर्ने दाबी गरे । मेक्सिकोको सीमाबाट लागूऔषध कारोबारी र अवैध आप्रवासीहरुको आक्रमण भइरहेकाले अब त्यो समाधान हुने दाबी उनको थियो ।

तर डेमाक्र्याट्सहरुले भने यसलाई ‘शक्तिको दुरुपयोग’ भनेका छन् । ट्रम्पले आफूले चालेको कदमलाई पूरा गरेरै छाड्ने बताए पनि उनको संकटकाल घोषणाको मामिला भने अमेरिकी सर्वोच्च अदालसम्म पुग्ने आंकलन गरिएको छ ।

डेमोक्र्याट्स पार्टीका उच्च नेताहरुले भने ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन् । संकटकाल घोषणासँगै ट्रम्पले अर्बौँ डलर पैसा आफ्नो पर्खाल बनाउने योजनामा प्रयोग गर्न पाउने छन् । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७