मनकारी अमिताभ बच्चन, काश्मिर भिडन्तमा ज्यान गुमाएका सैनिक परिवारलाई दुई करोड सहयोग


५ फाल्गुन २०७५, आईतवार
Amitabh Bachchan Screen Gra 1539431172

काठमाडौं, ५ फागुन । बलिउड सिने जगतका ब्राण्ड अमिताभ बच्चन चलचित्रमा मात्र अभिनय गर्दैनन् सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय रहन्छन् ।

Amitabh Bachchan Screen Gra 1539431172

भर्खरै जम्बु काश्मिरको भिडन्तमा शहादत भएका ४० सैनिकको शोकले अरुलाई जस्तै बलिउड स्टार अमिताभ बच्चनलाई पनि छोएको छ । जम्मू–काश्मिरको पुलवामा बिहीबार भएको आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का जवानका परिवारलाई अमिताभ बच्चनले आर्थिक सहयोग गर्ने भएका छन् ।

बच्चनले सीआरपीएफ जवानका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

गएको वर्ष अमिताभले देशको सुरक्षा गर्दा गर्दै शहीद भएका भएका ४४ जवानका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७