आफ्नै छोरी बलात्कार गर्ने पूर्व प्रहरी हवल्दार विप्लपको जोहरीपछि पक्राउ, रङ्गताम्य छोरीले रुँदै सुनाइन् बाबुको कर्तुत


६ फाल्गुन २०७५, सोमबार
Rape for nayapage

ललितपुर, ६ फागुन । नेपाल प्रहरीका एक पूर्व हवल्दार आफ्नै नौ वर्षकी छोरीलाई बलात्कार गरेका छन् । गोदावरी नगरपालिका–४ बडीखेलका उनले शुक्रबार राति आफ्नै छोरीलाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

Rape for nayapage

प्रहरीका पूर्व भगडा हवल्दार उनलाई उनकै भतिजा विप्लवले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थपिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिएका छन् । मिश्रका अनुसार घटना शुक्रबार राति ८ बजेको हो । ‘अभियुक्तले मातेको बेला यस्तो अपराध गरेको खुलेको छ’, उनले भने ।

श्रीमती माइतीघर (पोखरा) गएको बेला उनले छोरीलाई जबरजस्ती करणी गरेका हुन् । बालिकाले पेट दुखेको भनेपछि आइतबार नजिकैको हेल्थपोस्टमा चेकजाँच गर्न लगिएको थियो । हेप्थपोष्टमा लैजाँदा उनको यौनाङ्गमा चोट लागेर रगत बगेको देखिएपछि पाटन अस्पताल पठाइएको जनाइएको छ । हेल्थपोष्टमा बालिकाले बाबुले यस्तो अवस्था बनाएको रुँदै बताएको जनाइएको छ ।

घटना थाहा पाएपछि बालिकाकी आमा पोखराबाट काठमाडौँ आउँदै छिन् । अभियुक्तलाई आइतबार नै प्रहरी वृत्त सातदोबाटोमा ल्याइएको थियो । नयाँ मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार बालिका उमेर अनुसारको सजाय तोकिएको छ । बलात्कारको घटनामा अवस्था र प्रकृति हेरेर १० देखि २० वर्षसम्म सजायको व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७