नेपाली राजनीतिका विवादित पात्र दीपक बोहरा


१५ फाल्गुन २०७५, बुधबार
Dipak Bohara TzuiUkTodo

काठमाडौं, १५ फागुन : संघीय समाजवादी पार्टीमा प्रवेश गर्ने र ४ बर्षसम्म विभिन्न नियुक्तिमा रकम उठाउने दाउमा रहेका दीपक बोहरा उक्त पार्टीले नलिने भएपछि कमल थापाको राप्रपामा प्रवेश गरेका छन् । उपेन्द्र यादवले सुरुमा उनलाई पार्टीमा प्रवेश गराउन खोजेका थिए । तर बोहरा जस्ता छविकालाई पार्टीमा ल्याउनु हुँदैन भनेर बिरोध भएपछि उनी पछि हटेका थिए ।

बोहराको दाउ फोरममा प्रवेश गर्ने, ४ बर्षसम्म सरकारका नियुक्तिमा कमाउने र त्यसपछि टिकट लिएर रुपन्देहीबाट चुनाव लड्ने थियो । फोरमको जनाधार भएकाले चुनाव जित्न सकिने आँकलन उनको थियो । तर त्यसमा सफल नभएपछि उनी पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा छाडेर कमल थापातिर सरेका छन् ।

बोहरा जस्ता बदनाम पात्रलाई आइतबार पार्टीमा हुलेपछि जयन्त चन्दसहितको १८ भन्दा बढी राप्रपाका पदाधिकारी र केन्द्रीय सदस्य कमल थापाको राप्रपा छाडेर पशुपतिशमशेर राणाको राप्रपा संयुक्तमा प्रवेश गर्ने भएका छन् । संभवतः बुधबारै जयन्त चन्द, भरत पाठक, भरत गिरी सहितको टोली पार्टी प्रवेश गर्दैछ ।

पञ्चायती पृष्ठभूमिका दुई राष्ट्रिय प्रजातन्त्र पार्टी २०७४ को चुनावमा समाप्त भएपछि फुट्ने र जुट्ने खेल भने अझै सकिएको छैन । २०४६ मा दलहरुमाथिको प्रतिबन्ध फुकुवा भएपछि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले गठन गरेका दुई राप्रपा २०५२ मा जुटे । पुनः २०५४ मा फुटे । राप्रपामा यो टुटफुटको शृंखला गणतन्त्र प्राप्तीपछिका कालखण्डमा पनि जारी छ ।

२०७० को चुनावमा हिन्दू राज्यको नाराबाट आकर्षित भएर संसदमा २४ सिट समानुपातिकतर्फ ल्याएको कमल थापाको पार्टी फुटकै कारण २०७४ मा आइपुग्दा १ सीटमा खुम्चिन पुगेको छ । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपाबीच केही दिनअघि भएको एकताबाट बिच्किन पुगेका उनी ८ केन्द्रीय सदस्यसहित कमल थापातिर लागे । थापा नेतृत्वको राप्रपा छाड्ने केन्द्रीय सदस्यहरुमा जयन्त चन्द, भरत पाठक, भरत गिरी, प्रल्हादप्रसाद साह, दिनेश श्रेष्ठ र गोविन्द खनियाले छाडेका छन् ।

सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिँह, बिन्दा गिरी, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७