पूर्व सहकर्मी प्रचण्ड–विप्लवलाई बाबुरामको सुझाव–कोर्स करेक्सन गर्नुस्


१ चैत्र २०७५, शुक्रबार
baburam bhattarai

काठमाडौं, चैत १ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रचण्ड र विप्लवलाई नयाँ विचारबाट अगाडि बढ्न सुझाव दिएका छन् । दुवैमा देखिएको वैचारिक समस्याले पछिल्लो परिणाम आएको दावी गर्दै उनले ‘कोर्स करेक्सन’ को सुझाव दिएका छन् ।

baburam bhattarai

सामाजिक सञ्जाल ट्वीटरमा धारणा सार्वजनिक गदै उनले भनेका छन्–‘पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनु भएको छ ! समस्या व्यक्तिको नभएर विचारको हो ! यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म बीचको हो !’

प्रचण्डले बोकेको संसदीय कम्युनिज्म र विप्लवको उग्रपन्थी कम्युनिज्मका कारण दुईबीच दन्तबझान चलेको बाबुरामको ठहर छ । दुवैलाई इतिहासले गलत सावित गरिसकेको दाबी समेत डा. भट्टराईले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७