ओलीले भने,’खेलमा गोल हान्न लाग्दा नियम परिवर्तन गर्न’


२ पुष २०७४, आईतवार
oli dahal pc

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान पदमा भन्दा देशमा रहेका समस्यमा रहेको बताएका छन्।kp oli madhav nepal

वाम गठवन्धनले राजधानीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यादेशबारे प्रधानमन्त्री देउवलाई लक्षित गर्दै उनले भने, ‘खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्ने रु बल हान्न लाग्यो।
किप्परले समाउन नसक्ने अवस्थामा बल हान्न नपाउने भन्ने ?’ खेल चलिरहेको अवस्थामा बीचैमा नियम परिवर्तन हुन नसक्ने उनले बताए । राजनीतिक खेलका नियम र आचारसंहिता पालना गर्न उनले सरकारलाई आग्रह गरे।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा गठनको अध्यादेशबारे प्रतिक्रिया दिएका हुन्। ‘सरकार संविधान, कानून वा नैतिक मूल्य मान्यताअनुसार हुनुपर्छ कि पर्दैन ?’, अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर राष्ट्रपतिलाई दवाब दिनु हुँदैन। उक्साउने काम गर्नु हुँदैन। त्यसो गर्न मिल्दैन।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७