६५ वर्षअघि यस्तो थियो काठमाडौं …


१८ पुष २०७४, मंगलवार
६५ वर्षअघिको नेपाल कस्तो थियो ? तपाईं अनुमान गर्नुस् त ? त्यसबेलाको नेपालका तस्बिर हेर्दा अहिलेको काठमाडौं कुनै गाउँजस्तो मात्रै देखिन्छ ।

सजिलैसित खुट्टा टेक्न पनि मुस्किल पर्ने सहर, साँघुरा बाटाघाटा, गगनचुम्बी घर, उराठलाग्दो काठमाडौं अहिलेको दृश्य हो । त्यसबेला काठमाडौंमा जताततै जंगल, खुला चउर, खाली जग्गामा गाईबस्तु, सवारीका नाममा कतै–कतै साइकल अनि एकाध देखिने पुरानो मोडेलका गाडी, खेतीपाती गरिरहेका मानिस, खुला ठाउँमा बैठक गरिहेका मानिस आदि–आदि ।

ktm1

६५ वर्षअघिको काठमाडौंका तस्बिर हेर्दा काठमाडौं कुनै गाउँघरजस्तो देखिन्छ । त्यहाँको जनजीवन नेपालको कुनै पहाडी गाउँको भन्दा फरक देखिँदैन । यी त्यसबेलाको काठमाडौंको शब्द–चित्रण हो । यी तस्बिर हेरेपछि एकपटक जो कोहीले काठमाडौं पनि यस्तो थियो होला र भन्ने साच्न सक्छ ।

करिब ५० को दशकतिर फोटोग्राफर टोनी हेगनले नेपालका विभिन्न ठाउँमा खिचेका प्राचीन नेपाल झल्काउने तस्बिर गुगलबाट लिएर हामीले यहाँ प्रस्तुत गरेका छौं ।

सन् १९५० मा नेपालमा भूगर्भविद्का रूपमा टोनी हेगन नेपाल आएका थिए । त्यसपछि यहाँको प्राकृतिक सुन्दरता र जीवनशैलीवाट मोहित भएका उनले यही बसेर नेपालका सुन्दर तस्बिरहरू खिचेका थिए । केही वर्षअघि उनले खिचेका तस्बिर काठमाडौंमा प्रदर्शनीमा समेत राखिएको थियो ।

ktm2

ktm3

ktm4

ktm5

ktm6

ktm7

ktm8

ktm9

ktm10

ktm11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७