कमिसन कुम्ल्याउन सर सफाइमन्त्रीको कसरत


२६ पुष २०७४, बुधबार
mahendra yadav

काठमाण्डौंः शेरबहादुर देउवा सरकारका मन्त्रीहरु बिदावारीको अवस्थामा पुगिसकेको भए पनि मौकामा चौका हान्दै घुस लिँदै नजिकका मान्छेहरूलाई नियुक्ति मिलाई रहेका छन् ।

खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले गएको पुस १३ गतेको मन्त्रिपरिषद बैठकबाट खानेपानी संस्थानको महाप्रबन्धकमा भूपेन्द्र प्रसादलाई नियुक्त गरेका छन् । प्रसादको नियुक्तिमा मन्त्री यादवले २५ लाख बुझेको आरोप छ । जबकि कामचलाउ भइसकेको यो सरकारलाई नियुक्ति गर्ने अधिकार नै नभएको भन्दै एमाले र माओवादी केन्द्रले विरोध गर्दै आएका छन् ।

mahendra yadav

निर्वाचन आचारसंहिता विपरीत भएका र चुनावपछि भएका नियुक्तिहरू एकमुष्ट खारेज गर्ने चेतावनी पनि दिएका छन् । तर एमाले र माओवादी केन्द्रको चेतावनीलाई देउवा सरकारले बेवास्ता गर्दै धमाधम नियुक्ति गर्दै आएको छ । यस्तो नियुक्तिलाई अब बन्ने सरकारले खारेज गर्ने एमाले–माओवादीका नेताहरूले चेतावनी दिएका छन् ।

मन्त्री यादवको कमिसन मोहले गर्दा मेलम्ची खानेपानी समेत तोकिएको समयमा पूरा नहुने संकेत देखिएको जानकार बताउँछन् । मेलम्चीको पानी २०७४ असोजमै काठमाण्डौं पु¥याउने लक्ष्य राखिएको थियो । तर, मन्त्री यादवको कमिसन मोहका कारण मेलम्ची आयोजना निर्माणमा विलम्ब भइरहेको उनीहरूको भनाई छ । संविधानको अस्पष्ट प्रावधानका कारण सरकारबाट राजीनामा नदिई निर्लज्जतापूर्वक नियुक्ति, सचिव बढुवा र सरुवामा लागेका प्रधानमन्त्री देउवा र उनको सरकारका मन्त्रीहरू विभागीय प्रमुखको परिवर्तन समेत गर्ने खेलमा छन् ।

खानेपानी मन्त्री यादवले नियुक्तिलगायतका निर्णय गर्न दिएको दबाब नमानेपछि उनले मन्त्रालयका सचिव कृष्णराज बिसिलाई सरुवा गरी अर्का सचिव गजेन्द्र ठाकुरलाई ल्याएका छन् । ठाकुर भौतिक र सिचाईमा कार्यरत रहँदा अति बदनाम भएका सचिव हुन् । ठाकुरलाई सरुवा गरेर ल्याएपछि मन्त्री यादवले खानेपानी संस्थानको महाप्रबन्धक नियुक्त गरेका हुन् । सचिव बासीलाई उनले बिदाइ समेत हुन नदिई अपमानजनक रूपमा सरुवा गरेका थिए ।

मन्त्री यादवले खानेपानी मन्त्रालयको कानुन महाशाखा प्रमुख उपेन्द्रकेशर खनाललाई निजी सचिव बनाएका थिए । जबकि कानुन महाशाखा प्रमुख मन्त्रीको निजी सचिव बस्नै नपाउनु पर्ने हो । कानुन महाशाखाले स्वतन्त्र राय दिनुपर्नेमा मन्त्रीको निजी सचिव बसेर उपसचिव पोखरेलले सरुवा बढुवा, ठेक्कापट्टा र नियुक्तिहरूमा चासो राख्ने र मन्त्री र सचिवबिच फाटो ल्याउने काम गरेको आरोप छ ।

सचिवका कुरा मन्त्रीलाई लगाउने र मन्त्रीका कुरा सचिवलाई लगाएर विवाद गराउने काम कानुन महाशाखाका प्रमुख उपसचिव खनालले गर्दै आएका थिए । मन्त्रीसँग जुन काम पनि गर्न मिल्छ भन्ने तर, सचिवसँग मिल्दैन भनेर विवाद सिर्जना गर्ने काम उनले गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७