राजाबासलाई पराजित गर्दै प्रहरी सेमीफाइनलमा


१ माघ २०७४, सोमबार
meyar cup 1 1

भराैल(सुनसरी) : सुनसरीको बराह नगरपालिका स्थित भरौलमा जारी प्रथम बराह मेयर कपमा राजाबास सुनसरीलाई पराजित गर्दै नेपाल प्रहरी सेमीफाइनलमा प्रवेश गरेको छ ।meyar cup 1 1

सोमबार भएको दोस्रो खेलमा १ नम्बर प्रदेश प्रहरी टिम बिराटनगरले ० को विरुद्ध ३ गोल अन्तरले राजावास फुटबल क्लब सुनसरीलाई पराजित गर्दै सेमी फाईनलमा प्रवेश गरेकोे छ । प्रतियोगिताको १३ औँ मिनेटमा प्रहरीका उज्ज्वल राई, २६ औँ मिनेटमा अनिल लिम्बु र ६८ औँ मिनेटमा विजय विष्ठले गोल गरेका थिए ।

स्थानीय एभरेष्ट फुटबल क्लबको आयोजनामा सुरु भएको प्रथम बराह मेयर कपको प्रतियोगिताको दोस्रो खेलमा म्यान अफ द म्याच उज्ज्वल राईले नगद २ हजार ५ सय रुपैयाँ र ट्रफि प्राप्त गरकाे स्थानीय आयोजक समितिका सचिव निशान लिम्बूले जानकारी दिए ।

बराह कपको उद्घाटन खेलमा बेलवारि फुटबल क्लब मोरङ्गले जित निकालेको थियो । मङ्गलवार बक्लौरी क्लब र बराहक्षेत्र फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ ।

meyar cup 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७