यात्रुलाई सधैं सास्ती दिन्छ श्री एयरलाइन्स, विमानमा के छ समस्या ?


१० माघ २०७४, बुधबार
shree airlines

काठमाडौं, १० माघ :  श्री एयरलाइन्सले मंगलबार भद्रपुदेखि काठमाडौं २ : १५ बजे उडान भर्र्ने तालिका थियो । २: ३० बजे यात्रुहरुलाई उसले बोर्डिङ पास दियो । विमानभित्र राख्यो । तर, केही समयमै विमानको सिस्टममा खराबी आएको भन्दै यात्रुलाई उतार्यो । विमान मर्मत गर्नुपर्ने जानकारी आयो । यात्रुहरु कतिबेला विमान बन्छ ? भनेर प्रतिक्षामा थिए । तर, बेलुकी ५: १५ बजे मात्रै विमान उड्न नसक्ने जानकारी दिइयो ।

shree airlines

साझ पर्न लागेपछि मात्रै यात्रुहरुलाई जानकारी दिइएपछि यात्रुहरु बिचल्ली भयो । विमानमा चढेका ६० जना माध्ये १० जना यात्रुहरु विदेशको जानका लागि यात्रामा थिए । उनीहरुले महङ्गो शुल्कमा गाडी रिजर्भ गरेर राती नै काठमाडौं आए । झापामा बस्ने यात्रुहरुको लागि पनि एयरलाइन्सले केही व्यबस्थापन गरेन । यात्रु तथा संगीतकार टिका भण्डारी लेख्छन्, ‘श्री ले अर्को जहाज मगाउन सक्थ्यो, यात्रुहरुको होटल व्यवस्थापन गर्न सक्थ्यो, तर यात्रुको समस्या पुरै बेवास्ता गरेको देखियो ।’

श्री एयरलाइन्सको यो हेलचेक्राई यो नयाँ भने होइन । निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले यात्रुहरुलाई सधैं यस्तै सास्ती दिने गरेको गुनासो बढेको छ । उड्न लाग्दा सिस्टममा समस्या छ भनेर उडान रोकिने गरिएको छ । नेपालदेखि अफ्रिकासम्म हेलिकोप्टर सेवा दिइरहेको श्री एयरलाइन्सल गएको चैत ३१ गते र वैशाख १६ गते दुई सिआरजे–२०० सिरिजका जेट विमान नेपाल ल्याएको थियो । भने विमान सिआरजे–७०० २०७४ असार ९ गते ल्याएको थियो ।

श्रीका तीन वटा विमानले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी रूटमा नियमित उडान गरीरहेको छ । श्रीको २४ सिटे एमआई–१७ र एयरबस हेलीकप्टर्स ‘एएस ३५० बिथ्रिई’ चार वटा छन । भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका रुटमा श्रीले सधैं सास्ती दिने यात्रुहरुको गुनासो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७