नेपाल युएईसँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाव


२८ माघ २०७४, आईतवार
Nepal cricket Team

काठमाडौं, २८ माघ, नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज (आइतबार) युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । शीर्ष दुईमा पुग्न ओमानसँग व्यहोरेको हारले गर्दा नेपाललाई यो खेल जित्नैपर्ने दबाव छ । खेल नेपाली समयअनुसार दिउसो १ः१५ विन्डहकमा सुरु हुनेछ।

Nepal cricket Team
फाइल तस्बिर

यसअघि भएका २ मध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाललाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेलमा जित्नैपर्ने दबाब छ। पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो।

बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपालको प्रदर्शन कमजोर देखिएको छ । आजको खेलमा नेपाललाई ब्याटिङमा राम्रो गर्नुपर्ने चुनौति छ। नेपालसँग भिड्न लागेको ओमानले पनि पहिलो खेलमा केन्यालाई हराएको थियो भने दोस्रो खेलमा क्यानाडासँग हार ब्यहोरेको थियो।

प्रतियोगितामा क्यानाडा ४ अंकसहित शीर्ष स्थानमा छ । प्रतियोगितामा नेपालसँगै युएई, क्यानडा, नामिबिया, केन्या र ओमान गरी ६ टोलीको सहभागीता रहेको छ।

पछिल्लो तीन खेलमा नेपाल युएईसँग लगातार हारेको छ । सन् २०१४ देखि अहिलेसम्म युएईसँग नेपालले तीन खेल खेलेको छ । सन् २०१४ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल युएईसँग १०२ रनले पराजित भएको छ । त्यस्तै, आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम तथा सातौं राउण्डमा पनि नेपाल दुबै खेलमा युएईसँग हारेको छ ।

यता, नेपाललाई डिभिजन टु शीर्ष स्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न युएईविरुद्ध जित निकाल्नैपर्ने हुन्छ । डिभिजन टु को बिजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउनेछ । ६ राष्ट्र सम्मलित डिभिजन टु मा नेपाल २ अंक जोडेर तेस्रो स्थानमा छ । समान २ अंक जोडेको युएई दोस्रो स्थानमा रहदा ४ अंक जोडेको क्यानडा शीर्ष स्थानमा छ ।

पहिलो खेलमा नामिवियालाई १ विकेटले हराएको नेपालले दोस्रो खेलमा ओमानसँग ६ विकेटको हार बेहोरेको थियो । यता, नेपालविरुद्ध मैदान उत्रदा युएई पनि दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा केन्यालाई हराएको युएई दोस्रो खेलमा क्यानडासँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७