राष्ट्रिय मिडफिल्डर रोहित चन्दको क्लवले जित्यो इण्डोनेसियामा ‘प्रेसिडेन्ट कप उपाधि’


६ फाल्गुन २०७४, आईतवार
president cup rohit

काठमाण्डौं, ६ फागुन : नेपाली राष्ट्रि«य फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको इन्डोनेसियन क्लब पर्सिजा जाकार्ताले प्रेसिडेन्ट कप २०१८ को उपाधि जितेको छ । बाली युनाइटेडलाई शनिबार ३–० ले हराउँदै जाकार्ता च्याम्पियन बनेको हो ।president cup rohit

च्याम्पियन जाकार्ताले २ लाख ५० हजार अमेरिकी डलर प्राप्त गरेको रोहितका दाजु रविन्द्रले जानकारी दिए । सेमिफाइनलको दोस्रो लेगमा आराम दिइएका रोहितले फाइनलमा उच्च प्रदर्शन गरेका थिए । ७० हजार भन्दा बढी दर्शकको उपस्थित रहेको खेलमा जाकार्ताले गरेका ३ मध्ये २ गोलमा रोहितले एसिस्ट गरेका थिए ।president cup rohit.1

रोहित लगातार दोस्रो सिजन क्लबमा आबद्ध भएर उच्च प्रदर्शन गरिरहेका छन् । यति बेला रोहित नेपाली तीन खेलाडी विदेशी क्लबमा आबद्ध छन् । राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र फरवार्ड विमल घर्तीमगर इन्डियन लिग (आइ लिग) टोलीमा आबद्ध छन् । किरण आइलिगको शीर्षस्थानमा रहेको मिनेर्भा र विमल मोहन बगानमा आबद्ध छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७