नेपालमा लुकीछिपी डाक्टरी गर्दै उत्तर कोरियाली


६ चैत्र २०७४, मंगलवार
doctor 1

काठमाडाैं, ६ चैत्र । तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।doctor 1

उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् । बिजनेस भिसामा काम गर्नु गैरकानुनी हो । अध्यागमन नियमावली २०५१ को दफा २० उपदफा २ मा बिजनेस भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा लिएको हो, त्यसबाहेक अन्य काम गर्न नपाउने उल्लेख छ ।

ने कोर्यो अस्पतालमा १० जना उत्तर कोरियालीले काम गर्दै आएका छन् । तीमध्ये ८ जना चिकित्सक हुन् । दुई जनाले प्रशासनिक काम गर्दै आएका छन् । उनीहरू कसैसँग पनि कामदार भिसा छैन । उनीहरू कसैले पनि मेडिकल काउन्सिल र श्रम विभागबाट समेत स्वीकृति लिएका छैनन् । सेफरमा कार्यरत डा। को पेक सानले मेडिकल काउन्सिलबाट अनुमति लिएका छन् तर श्रम स्वीकृति लिएका छैनन् ।

श्रम विभागका निर्देशक वरुणकुमार झाले श्रम स्वीकृतिबिना कुनै पनि विदेशी नागरिकले काम गर्न नपाउने बताएको अन्नपूर्णको समाचारमा उल्लेख छ । ‘कुनै पनि उत्तर कोरियाली नागरिकले अहिलेसम्म श्रम स्वीकृति लिएका छैनन्,’ निर्देशक झाको भनाइ कोड गर्दै अन्नपूणले लेखेको छ– ‘वर्क पर्मिट नलिई कुनै विदेशीले काम गर्न पाउँदैनन् । उत्तर कोरियालीले श्रम स्वीकृति लिएको हाम्रो रेकर्डमा देखिँदैन ।’

विदेशी चिकित्सकले नेपालमा काम गर्न चाहेमा अनुमति लिनुपर्ने बाध्यकारी प्रावधान छ तर उत्तर कोरियाली चिकित्सक सबैले अनुमति नलिएको मेडिकल काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७