एनआईसी एशियाले ल्यायो, ‘प्रिमियम समुन्नति बचत खाता’


६ चैत्र २०७४, मंगलवार
NIC Asia Bank

काठमाडौं ६ चैत : एनआई सी एशिया बैंकले ग्राहकहरुको सुबिधालाई ध्यानमा राखेर ‘प्रिमियम समुन्नति बचत खाता’ संञ्चालनमा ल्याएको छ । अब मुलुक भरिका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क लाग्ने छैन ।

NIC Asia Bank

‘बैंक पनि, साथीपनि’ भन्ने मुलनाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकि¨ सेवाप्रदानगर्दै आइरहेको एनआई सी एशिया बैंकले सेवाग्राहीहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै ‘प्रिमियम समुन्नति बचत खात’ संञ्चालनमा ल्याएको बैंका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए । खातामा निशुल्क भिसा, डेविट कार्ड-क्रेडिट कार्ड-मोबाइल बैंकिङ सेवा, डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५०∞ छुट प्रदान गरिने पाण्डेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

मासिक औसत १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा पनि प्रदान गरिने भएको छ सो खाता खोलि मोबाइल बैंकिङ सेवा लिए पछि एटिसी वा एनसेलमा १ सय बराबरको रिचार्ज कार्ड निशुल्क प्रदान गरिने छ । १००० न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८∞ का दरले मासिक ब्याज प्रदान गरिने बैंकले जनाएको छ । ग्राहकहरुलाई ५ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिने सुचना अधिकारी र खातामा निशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा छ ।

एनआई सी एशिया सबैभन्दा बढी शाखा भएको बैंक हो । यसको मुलुकभर गरी १सय ८४ शाखा र १ सय ८७ स्थानमा सुबिधा छ । यसको ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट सहित ५ हजार ३ सय ७८ भन्दा बढि भौतिक सञ्जालबाट बैकिङ्ग सेवा प्रदान गरिहेको पाण्डेले बताए । उनका अनुसार बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा पुगेको छ । वासलातको आकार १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रु १०४ अर्ब र कुलनिक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ

यो सँगै वासलात, कुलकर्जा तथाकुलनिक्षेपको आकारको हिसाबले निजीलगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिमब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आइरहेको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७