बलियो पार्टीका लागि सभापति चिन्तित हुनुपर्छ : प्रदीप पौडेल


१० चैत्र २०७४, शनिबार
PRADEEP PAUDELdai

काठमाडौं: हामीले राजनीतिक निकासका लागि सकारात्मक काम गरेका छौँ । तर, निर्वाचनमा पार्टी पराजय भएपछि नेता कार्यकर्ता र जनतामा निराशा छ । अब पार्टीलाई कसरी बलियो बनाउने ख्याल गर्नुपर्छ । सम्पूर्ण एकता गरेर बलियो पार्टी नबनाएसम्म हामी फेरि पनि सफल हुन सक्दैनौँ । सभापतिले आफूपछिको नेतृत्वको चिन्ता त्याग्नुपर्छ । अबको निर्वाचनमा देशको पहिलो पार्टी कांग्रेसलाई बनाउन दृढ संकल्प गर्नुपर्छ । उहाँ सफल सभापति र प्रधानमन्त्री भइसक्नुभएको छ । अब व्यक्ति कमजोर हुने होइन । जिम्मेवारीबाट हटेर पार्टीको भविष्यप्रति चिन्तित हुनुपर्छ ।PRADEEP PAUDELdai

पार्टी कमजोर भएपछि निर्वाचन हार्नुपर्ने कारणमा बढी प्रतिशतको हिसाब आफ्नो भागमा आयो भन्ने बोध गरेर उहाँले कदम चाल्नुपर्छ । प्रभावकारी प्रतिपक्षी र निराशा भएका कार्यकर्तालाई उत्साह भर्ने गरी अब पार्टी रूपान्तरण गरेर जानुपर्छ ।

उतारचढावपूर्ण दुई वर्ष
पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक
शेरबहादुर देउवाजीले यसअघि विधानको पालना गर्नुपर्छ भनेर गिरिजा र सुशीलमाथि सधैँ दबाब र आरोप लगाउँदै आउनुभयो । तर, जब उहाँ आफैँ सभापति भएर विधानलाई पालना गर्ने ठाउँमा पुग्नुभयो, आफैँ चुक्नुभएको छ । दुई वर्षसम्म पदाधिकारी चयन, विभाग गठन, भ्रातृ संस्थालाई पूर्णता दिने, केन्द्रीय समितिलाई पूर्णता दिनेजस्ता महत्वपूर्ण काम गर्न सक्नुभएन ।

पार्टीभित्र लक्ष्मणरेखा झन् खिचिँदै गएको छ । तर, उहाँले रोक्न सकिरहनुभएको छैन । निरन्तर पार्टी कार्यालयमा जाने, नेता कार्यकर्ता भेट्ने र अफिसियल काम गर्ने गरेको देखिएन । गम्भीरतापूर्वक पार्टीप्रति चासो राखेको देखिएन ।

यी नकारात्मक पाटो हुँदाहुँदै निर्णायक मोडमा तीन तहको निर्वाचन गराएर उहाँले प्रशंसा भने बटुल्नुभएको छ । मधेसी दललाई संविधानप्रति स्वीकार्य बनाउँदै जाने वातावरण बनाउने र यसको कार्यान्वयनका लागि बाटो खोलिदिनुभएकोमा उहाँ धन्यवादको पात्र हुनुहुन्छ । राजनीतिक निकास खोल्नु, तर पार्टीलाई जिताउन नसक्नु भने उहाँको कमजोरी रह्यो ।यो नयाँपत्रिका दैनिकमा समचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७