सांसद तथा एमाले अध्यक्ष तामाङ सडक दुर्घटनामा घाइते
काठमाडौं ०३ बैशाख । नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ सडक दुर्घटनामा परेका छन् । सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक रिक्सा चढ्ने क्रममा से ५ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङ घाइते भएका हुन् । घाइते, तारालामा तामाङ ।
उनलाई थप उपचारका लागि जहाजबाट काठमाडौं ल्याइएको प्रहरीले कैलालीका प्रमुख प्रहरी एसपी विनोद घिमिरेले जानकारी दिए । मोटरसाइकलको ठक्करबाट उनको बायाँ खुट्टामा गम्भीर चोट छ ।
प्रदेश नम्बर ७ का सांसद रहेका तामाङ प्रदेशमा पार्टीको प्रमुख सचेतक हुन् । सांसद तथा एमाले अध्यक्ष तामाङ सडक दुर्घटनामा घाइते काठमाडौं ०३ बैशाख । नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ सडक दुर्घटनामा परेका छन् । सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक रिक्सा
चढ्ने क्रममा से ५ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङ घाइते भएका हुन् ।
उनलाई थप उपचारका लागि जहाजबाट काठमाडौं ल्याइएको प्रहरीले कैलालीका प्रमुख प्रहरी एसपी विनोद घिमिरेले जानकारी दिए । मोटरसाइकलको ठक्करबाट उनको बायाँ खुट्टामा गम्भीर चोट छ ।
प्रदेश नम्बर ७ का सांसद रहेका तामाङ प्रदेशमा पार्टीको प्रमुख सचेतक हुन् ।