गाँजा तस्कर पक्रिन चल्यो गोली


२ जेष्ठ २०७५, बुधबार
pestol
सांकेतिक तस्वीर

हेटौडा, २ जेठ । मकवानपुर प्रहरीले १६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिका–४ बाट बुधबार बिहान स्थानीय सुदिप कोइरालालाई १५० किलो गाँजासहित पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । pestol

यस्तै अर्का स्थानीय रामकृष्ण ब्लोनलाई पनि १६ किलो ८ सय ग्राम गाँजासहित पक्राउ गरिएको छ । उनले ब्लोनको घर खानतलासी गर्दा दुई वटा बोरामा लुकाई राखेको गाँजा फेला परेको एसपी श्रेष्ठले बताए । उनले ब्लोनलाई पक्राउ गर्ने क्रममा अवरोध गरेपछि गोली समेत चलाउनु परेको बताएका छन् ।

‘ब्लोनलाई नियन्त्रणमा लिने क्रममा अज्ञात ब्यक्तिहरुले बाधा अवरोध गरेकाले एक राउण्ड हवाई फायर पनि गर्नु परेको उनले बताए । लागूऔषध गाँजा बिक्री बितरण गर्दै आएको विषेश सूचनाको आधारमा कोइरालाको घरगोठमा छापा मार्दा गोठको माथिल्लो तल्लामा लुकाई राखेको गाँजा बरामद गरिएको हो । प्रहरीले पत्रकार सम्मेलन गरी बुधबार दिउँसो उनीहरुलाई सार्वजनिक गरेको छ । गाँजासहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७