एपेक्स बैंकको डेढ अर्ब घोटाला : डेढ सय जनाविरुद्ध मुद्दा दर्ता, १२७ जना फरार


६ जेष्ठ २०७५, आईतवार
apex bank

काठमाडौं, ६ जेठ । तत्कालीन एपेक्स डेभलोप्मेन्ट बैंकमा गरिएको डेढ अर्ब रुपैयाँ घोटाला प्रकरणमा एक सय ४८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।apex bank

प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । जिल्ला अदालत, पाटनमा १२७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । ब्यूरोले १ अर्ब २३ करोड ५४ लाख ४ सय ८२ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

अनुसन्धानका १२८ फाइलमध्ये ३२ वटाको सुर्खेत, इटहरी र नेपालगञ्जबाट ऋण प्रवाह भएकाले त्यसको अनुसन्धान त्यहींको प्रहरीबाट भइरहेको छ सीआइबीले जनाएको छ । सीआइबीले भनेको छ, ‘हामीले ८५ वटा फाइल अनुसन्धान गरेर मुद्दा दायर गरेका हौं । अन्य अनुसन्धान सम्बन्धित जिल्लाबाटै भएर मुद्दा दर्ता हुन्छ ।’
यसरी भएको थियो घोटाला

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको थियो । करीब २६ नक्कली ऋणि तयार पारेर पुँजी अपचलन गरिएको अनुसन्धानमा खुलेको थियो । यो बैंकिङ ठगी हालसम्मकै सबैभन्दा बढी रकम अपचलन भएको घटना भएको प्रहरी दाबी छ ।

एनसीसी बैंकसँग मर्जर प्रक्रियामा गएपछि तत्कालीन समितिले करीब दुई अर्ब रुपैयाँ घोटाला गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । घोटालामा संलग्न भएको आरोपमा प्रहरीले दुई महिनाअघि नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को बोर्ड बैठक बसिरहेकै बेला १३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एपेक्स बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल, बैंकका सहायक महाप्रवन्धक ऋषिराज भट्टसहित अन्य उच्च अधिकारीहरू थिए । धिताल कांग्रेस महासमिति सदस्य समेत हुन् । घोटाला प्रकरणमा ‘क’ वर्गाका ठेकेदार मनोज भेटवाल समेत पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७