सरकारको नीति तथा कार्यक्रम आज, समृद्ध नेपाल, सुखी नेपालको सपना


७ जेष्ठ २०७५, सोमबार

काठमाडौं, ७ जेठ । आर्थिक २०७५–०७६ को नीति तथा कार्यक्रम आज (सोमबार) सार्वजनिक हुँदैछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गर्ने कार्यक्रम छ । त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक ४ बजे बस्ने भएको छ ।samsad bhawan संसद भवनf

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने विशेष कार्यक्रममा उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरु, सरकारका उच्च अधिकारीहरु, संवैधानिक आयोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र कूटनीतिक नियोगका प्रमुखहरुलाई पनि निम्त्याइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत भए लगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्ला–बेग्लै बैठक बस्नेछ । ती बैठकले राष्ट्रपतिप्रति धन्यवाद व्यक्त गर्नेछन् ।

सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुनेछ । छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने छन् । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारित गर्नका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने भएकाले यसलाई चासोका साथ हेरिएको छ । तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ ले ल्याउने नीति तथा कार्यक्रममा समाजवादको आधार तथा विकास र समृद्धिको नारालाई सार्थक पार्ने उद्देश्य प्रतिविम्वित हुने बताइएको छ ।

नेपालको इतिहासमै पहिलो पटक एकल बहुमत प्राप्त कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम वाम गठबन्धनको चुनावी घोषणा र प्रधानमन्त्री केपी शर्मा ओलीको रारा सम्बोधनमा आधारित भएर आउँदै जनाइएको छ । अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त वैठकमा वाचन गर्ने नीति तथा कार्यक्रममा कम्युनिष्ट पार्टीको सरकारले गर्ने कामहरुको क्यालेण्डरसहित समृद्धिका योजना समेटिएको छ । समृद्ध नेपाल, सुखी नेपाली भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानमा केन्द्रित रहेर नीति तथा कार्यक्रम तयार पारिएको एक मन्त्रीले जानकारी दिएका छन् । मुलतः हाम्रो चुनावी घोषणापत्र र प्रधानमन्त्रीले नयाँ वर्षको दिन राराबाट गरेको सम्बोधन पढेपछि नीति कार्यक्रम कस्तो आउँदैछ भन्ने बुझ्न सकिन्छ’ ती मन्त्रीले भने ।

नीति तथा कार्यक्रममा सामाजिक सुरक्षाका योजनाहरुलाई जोड दिइएको छ । वृद्ध, अशक्त, बालवालिका, गरिवीको रेखामुनी रहेका र सिमान्तकृत समुदायलाई लक्षित गरेर नयाँ कार्यक्रम समावेश गरिएको स्रोतले जनाएको छ । त्यस्तै उर्जाको विकास, रेलमार्ग र जलमार्ग सहितको ‘कनेक्टिीभिटी’का आयोजनाहरुका विस्तृत कार्यक्रम समेटिएका छन् । सामाजिक न्याय सहितको विकास गर्ने योजनाहरु नीति कार्यक्रममा समावेश गरिएका छन् ।

प्राबिधिक शिक्षालाई ७० प्रतिशतमा पु¥याउने र साधारण शिक्षालाई ३० प्रतिशतमा झार्ने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ । तीब्र गतिको विकासलाई सरकारको नीति तथा कार्यक्रमले विशेष महत्व दिएको छ । आर्थिक अभावका कारण कुनै पनि बालवालिकाले पढाइ छाड्नु पर्ने अवस्थाको अन्त्य गर्न नीति तथा कार्यक्रमले विशेष प्याकेज अघि सार्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७