पत्रकार सम्मेलनमा जब गोरेले मुख छाडे…


८ जेष्ठ २०७५, मंगलवार
GORE 2 N8Kq7hCHXO
फाइल फोटो

काठमाडौं, ८ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके चुँडामणि उप्रेती ‘गोरे’ लाई मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।GORE 2 N8Kq7hCHXO

निकै चासोमा रहेको सुन तस्करी र हत्यासम्मको काण्डका कारण उपस्थितहरुमा गोरेबारे निकै कौतुहलता समेत थियो । आज विहान पक्राउ परेका गोरेलाई प्रहरीले सार्वजनिक गरिरहेका बेला उनको मुहारमा ग्लानी भन्दा पनि बढी आक्रोश देखिएको सहजै अनुमान लगाउन सकिन्छ । गोरेको विशेष आक्रोस सञ्चारकर्मीहरुतर्फ देखिएको सहज अनुमान लगाउन सकिन्थ्यो । सुन तस्करी छानविन समितिका संयोजक ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले पत्रकार सम्मेलनमा गोरेलाई उपस्थित गराउँदा उनको टाउकोमा रातो टोपी र आँखामा चश्मा थियो ।

कटनको सेतो पाइन्ट र कालो कपडाको ज्याकेटमा देखिएका गोरेको हातमा हतकडी थियो । पत्रकारहरुले धमाधम गोरेको तस्बीर र भिडियो कैद गर्न थालेपछि गोरेको टाउकोमा रहेको टोपी हटाउन भनियो । गोरेले आक्रोशित हुँदै टोपी मात्रै झिकेनन्, मुखमा लगाएको कालो मास्क पनि झिकेर आक्रोशित मुद्रामा ‘लौ हेर्नु’ भन्दै अनुहार देखाए ।

लगत्तै प्रहरीले गोरेलाई पछाडि लगिहाले । साढे ३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणमा अनुसन्धान समितिले गोरेलाई मुख्य अभियुक्त मानेको छ । उनलाई रेडकर्नर नोटिस जारी गरेर खोजी तीव्र पारिएको थियो । उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले काडमाडौंको गौरीघाटबाट आज (मंगलबार) विहान पक्राउ गरेको हो ।
उनलाई आजै जिल्ला अदालत मोरङ लगिने भएको छ ।

याे पनि पढ्नुहाेस्

गोरे भारतमा नभई काठमाडौंको गौरीघाटबाटै पक्राउ, कसरी लुके यत्रो समय ?

सुन तस्करीका नाइके गोरे भेटिए, सुन अझै भेटिएन

सुरा, सुन्दरी र सुनमा चुर्लम्म डुबेकाे ‘गोरे’

सुनप्रकरणमा पूर्वएआइजी कायस्थलाई किन जोगाउन खोजिंदैछ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७