अछाममा जलयात्राको प्रचुर सम्भावना रहेको निष्कर्ष


८ भाद्र २०७४, बिहीबार
budhi gandaki

budhi gandaki 600x0

अछाम : जिल्लाकोे बुढिगंगा नदीमा पहिलो पटक सम्भाव्यता अध्ययनकालागि जल यात्रा गरिएको छ । मष्टो आउटडोर्स प्रालिको आयोजनामा जलयात्रा गरेर सम्भाव्यता अध्ययन गरिएको छ ।

साँफेबगरको पक्की पुल देखि, बैजानाथ धाम, जिउराडी हुँदै चित्रे पुलसम्म टोलीले सम्भाव्यता अध्ययन गरेको थियो । ‘अछाम जिल्लाको बुढी गङ्गा नदीमा जलयात्राको प्रचुर सम्भावना रहेको छ,’ सम्भाव्यता अध्ययनको नेतृत्व गर्नु भएका पर्यटन व्यवसायी रमेश बहादुर कुँवरले भने । जल यात्राका माध्यमले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ ।

सम्भाव्यता अध्ययन पूर्णरुपमा सफल भएको भन्दै उनले निकट भविष्यमै व्यावसायिक रूपमा बुढीगंगा नदीमा जलयात्रा सञ्चालन गरिने बताए । उक्त सम्भाव्यता अध्ययनमा सहभागी नेपाल पत्रकार महासङ्घ अछामका पूर्व अध्यक्ष वेदप्रकाश तिमिल्सिनाले भने ‘अछाम जिल्लामा रहेको जल यात्राको प्रचुर सम्भावना रहेछ अव यसको प्रवद्र्धन गर्न सबैले हातेमालो गर्न जरुरी छ । यस्ता गतिविधि बढाउन स्थानीय सरकारले मास्टर प्लान बनाएर अगाडि बढ्न जरुरी छ ।

अछाम जिल्लामा बाह्य र आन्तरिक पर्यटन प्रबद्र्धनकालागि जल यात्रा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । चार घण्टा लामो जल यात्राका दौरान आफूहरू निकै रोमाञ्चित भएको सहभागिहरुले बताएका थिए । जल यात्रा सम्भाव्यता टोलीमा रेडियो रामारोशनका अध्यक्ष एकिन्द्र कँुवर, कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैना, अन्य संञ्चारकर्मि, स्थानीयको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७