शेन वाट्सनको शतकसँगै चेन्नईले जित्यो आइपिएलको उपाधि


१३ जेष्ठ २०७५, आईतवार
chennai supert kings

काठमाडौं, १३ जेठ । इण्डियन प्रिमियर लिग (आइपिएल)को २०१८ को उपाधि  चेन्नई सुपर किंग्सले उपाधि जितेको छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेकाे चेन्नर्इले अाइपिएलकाे तेस्रो पटक उपाधि जितेको हाे ।

सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले ११ अाैं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको हाे । हैदरावादकाे लागि शेन वाट्सनको शतक हाने । ५७ बल खेलेका वाट्सनले ११ चौका र ८ चौका प्रहार गरे।  जितसँगै चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको छ।

आइतबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको चेन्नईले हैदरावादलाई १७८ रनमा रोक्यो। जवाफी व्याटिङ्गमा आएको चेन्नईले शेन वाट्सनको ११७ रनको योगदानमा ९ बल अगावै २ विकेटको क्षतिमा १७९ रनको विजय लक्ष्य भेट्टायो।  चेन्नईको जितमा सुरेश रैनाले ३ चौका र १ छक्कासहित ३२, अम्बाती रायडूले १६ र फाडु प्लेसिसले १० रन जोडे।

बलिङतर्फ सन्दिप शर्मा र कार्लोस ब्राथवेटले समान १–१ विकेट लिए।

chennai supert kings

यसअघि पहिलाे ब्याटिङ गरेकाे  सनराइजर्स हैदरावादले चेन्नई सुपरकिंग्सलाई १७९ रनको लक्ष्य दिएको  थियाे । टस हारेर पहिले ब्याटिङ  जसका लागि कप्तान केन विलियमसनले ४७ रन, यूसुप पठानले अटआउट ४५ रनको योगदान गरे। पठानले २५ बलमा चार चौँका र दुई छक्कासहित ४५ रन जोडेका थिए भने विलियमसनले ३६ बलमा पाँच चौँका र दुई छक्कामा ४७ रनको योगदान गरे।

त्यस्तै शिखर धवनले २६, शाकिब अल हसनले २३ रनको योगदान गरे भने कार्लेस ब्रेथवेटले अन्तमा १० बलमा तीन छक्काको मद्दतमा २१ रनको योगदान गरे।

चेन्नई सुपरकिंग्सका लागि लुंगी नगिदी, दवीन्द्र जडेजा, शार्दुल ठाकुर, कर्ण शर्मा ब्रावोले एक एक विकेट लिए।

यस सिजनमा नेपाली खेलाडि सन्दीप लामिछाने पनि दिल्ली डेयर डेभिल्सबाट अाइपिएल खेलेकाे थिए । दिल्लीबाट खेलेकाे अन्तिम तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेकाे थियाे । उनले  तीन खेलमा १२ ओभर बलिङ गर्दे ५ विेकट लिए । भने ८१ रन दिए ।

याे पनि पढ्नुहाेस्
दिल्लीकाे सुखद अन्त्यमा सन्दीपको उत्कृष्ट योगदान, अन्तिम खेलमा ३ विकेट लिए

सन्दीप लामिछाने घर फर्किए

यस्ताे थियाे सन्दीपको आइपिएलमा ३ खेलकाे १२ ओभर

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७