सामुदायिक विद्यालयको शिक्षक हुन अब यी ८ योग्यता अनिवार्य चाहिने


२७ जेष्ठ २०७५, आईतवार
teacher

काठमाडौं, २७ जेठ । सामुदायिक विद्यालयको शिक्षक हुन अब अनिवार्य रुपमा ८ वटा योग्यता पुगेको हुनुपर्ने व्यवस्था लागू हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले तयार पारेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपमा यस्तो योग्यता तोकिएको हो ।teacher

मस्यौदाका रुपमा रहेको उक्त प्रारुपमा सामुदायिक विद्यालयका शिक्षकहरुमा विषयवस्तुको ज्ञानदेखि सूचना तथा सञ्चार र प्रविधिको समेत ज्ञान हुनुपर्ने योग्यता तोकिएको छ । प्रारुपले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विषयगत अध्यापन अनुमतिपत्रसहितको व्यवस्था गर्ने प्रस्ताव गरेको छ। विद्यमान अध्यापन अनुमति पत्रको व्यवस्थालाई थप सुदृढ गरी गुणस्तरीय शिक्षक तयारी तथा वितरणलाई व्यवस्थित गरिने उल्लेख छ ।

यस्ता छन् शिक्षकमा हुनुपर्ने योग्यता

– विषयवस्तुको ज्ञान

– शिक्षण सिकाइका तौरतरिका सम्बन्धी ज्ञान

– बालबालिकार सिकारु सम्बन्धी ज्ञान

– सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन

– सञ्चार तथा सहकार्य

– निरन्तर सिकाइ र पेसागत विकास

– कानुनी आधार तथा पेसागत आचारसंहिता

– सूचना तथा सञ्चार प्रविधि

शिक्षक व्यवस्थापन

– विद्यालय शिक्षाको गुणस्तर प्रवर्धनका लागि शिक्षकलाई अध्यापन अनुमति पत्र र तालिम अनिवार्य हुनेछ ।

– विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विषयगत अध्यापन अनुमतिपत्रसहितको व्यवस्था गरी विद्यमान अध्यापन अनुमति पत्रको व्यवस्थालाई थप सुदृढ गरी कार्यान्वयन गर्दै लगिनेछ। गुणस्तरीय शिक्षक तयारी तथा वितरणलाई व्यवस्थित गरिनेछ ।

– शिक्षकको पेसागत विकासलाई स्तरीय, प्रयोगमुखी, मूल्यमा आधारित, गुणमा आधारित, अन्तर विषय सम्बन्ध स्थापित हुनेगरी एवं मागमा आधारित हुनेगरी व्यवस्थित गरिनेछ ।

– विशिष्ट योग्यता प्राप्त गर्ने दक्ष जनशक्तिलाई शिक्षण पेसामा आकर्षण गर्न विशेष व्यवस्था गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७