सस्तोमा जग्गा नबेच्दा महिलालाई नाङ्गेझार बनाएर कुटियो


२८ जेष्ठ २०७५, सोमबार
kutpit danga 20180611105615

दाङ, २८ जेठ । चल्तीको भाऊ भन्दा सस्तो मूल्यमा जग्गा दिन नमानेको भन्दै दाङमा एक महिलालाई नाङ्गेझार बनाएर निर्घात कुटिएको छ । अर्घाखाँचीको शितगङ्गा नगरपलिका–ठाड खोलाकी ३९ वर्षीया दिलमाया पुनलाई राप्ती गाउँपालिका–१ का रेखा गुप्ता र अनिता गुप्ताले शुक्रबार भालुवाङ बजारमा नाङ्गै बनाएर कुटपिट गरेका हुन् । kutpit danga 20180611105615

राप्ती गाउँपालिका–१ पूरानो भालुबाङ बजारमा दिलमायाको घडेरी छ । अर्घाखाँचीबाट आफ्नो घडेरी रेखदेख गर्न दाङ आएकी दिलमायालाई घडेरीसँगैका रेखा र अनिताले ५० हजारमा घडेरी दिन दबाब दिँदै आएको दिलमायाले बताइन् । सस्तोमा जग्गा दिन्न भन्दा कपडा खोलेर नाङ्गै बनाएर मरणासन्न हुनेगरी कुटपिट गरिएको उनले बताइन् ।

लाखौं मूल्य बराबरको घडेरी सस्तोमा दिन नमानेपछि उनीहरुले आफूलाई लछारपछार गर्दै सडकमा ल्याएर कपडा च्यातिदिएर कुटपिट गरेको पीडित दिलमायाले बताइन् । पीडितलाई छिमेकी रेखा र अनिताले कुटपिट गरेको भिडियो भालुबाङका एक बालकले मोबाइलमा कैद गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना बाहिर आएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७