बाइक किन्दा डिस्क र ड्रम ब्रेकमा कुन लिने अन्योल भयो ? यसो गर्नुस्


३० जेष्ठ २०७५, बुधबार
disc vs drum

काठमाडौं, ३० जेठ । आजकल लगभग सबै बाइकहरू डिस्क ब्रेक र ड्रम ब्रेकको संयोजनमा आउँछन् । यद्यपि, केही सस्ता बाइकहरूमा भने केवल ड्रम ब्रेकमात्र दिइएको हुन्छ । यी दुई ब्रेकमध्ये कुन ब्रेक उचित र यिनीहरूका फाइदा र हानी के हुन् त ? यस विषयमा तपाईंलाई जानकारी दिँदैछौं ।disc vs drum

डिस्क ब्रेकको फाइदा

रोक्ने पावर–डिस्क ब्रेकले ड्रम ब्रेकको विरुद्ध प्रभावकारीढंगले काम गर्छ । सिंगल ब्रेक रहेको बाइकमा पनि थप एक डिस्क ब्रेक लगाउन सकिन्छ, जुन यसको अर्को फाइदा हो । रोक्ने शक्ति पनि डिस्क ब्रेकमा उच्च रहेको हुन्छ ।

टेम्परेचर– डिस्क ब्रेक ह्वीलको बाहिर फिट गरिएको हुन्छ र ताजा हावा प्राप्त गरी यो छिट्टै कुल (चिसो) हुने गर्छ । अर्कोतर्फ, ड्रम ब्रेक भने ह्वीलभित्र राखिएको हुन्छ, जुन अधिक तातो हुने गर्छ । त्यसैले यो ब्रेक गर्मीमा खासै प्रभावकारी हुँदैन ।

मजबुत–मजबुतिको मामलामा ड्रम ब्रेकभन्दा डिस्क ब्रेक बलियो छ, किनभने यसमा मजबुत कोटिङ्ग गरिएको हुन्छ । यो कोटिङ्गले टुट्ने खतरा कम हुन्छ । तर, ड्रम ब्रेक भने पूर्णरूपमा खुला हुन्छन् । यसकारण, यसको टुट्ने सम्भावना पनि बढी भएको पाइन्छ ।

सहजै सरसफाई–डिस्क ब्रेकको सरसफाई गर्न सजिलो हुन्छ, किनकी यो ह्वीलको बाहिर लगाइएको हुन्छ । तर, ड्रम ब्रेक ह्वीलको भित्र जडान भएको हुनाले यसको जे काम गर्न परे पनि पूरै ह्वील नै खोल्नुपर्ने हुन्छ ।

सस्तो स्पेयर पार्ट–यदि डिस्क ब्रेकको कुनै भाग खराब भयो भने यसलाई सहजै बदल्न सकिन्छ । र यसको स्पेयर पार्ट पनि सस्तो हुन्छ । जबकि ड्रम ब्रेकको स्पेयर पार्टस् भने डिस्क ब्रेकको तुलनामा निकै महंगो पर्छ । किनभने यसले ह्वीलको भित्र–भित्रै नोक्सान पु¥याउन सक्ने धेरै सम्भावना हुन्छ, जसले गर्दा यसको खर्च बढी पर्न आउँछ ।

पानीको प्रभाव– वर्षामा बाइकको ह्वील पूर्णतया गिलो हुन्छ । यस अवस्थामा ड्रम ब्रेकले ब्रेक शू र लाइनिङबीच राम्ररी पकड्न (समात्न) सक्दैन र ब्रेकको पनि खासै प्रभाव पर्दैन । तर, डिस्क ब्रेकको प्रयोग गर्ने्बित्तिकै, यसले बाइकलाई रोक्न प्रभावकारी काम गर्छ ।

बीएस सपोर्ट–ड्रम ब्रेकमा एबीएसलाई फिट गर्न सकिँदैन । डिस्क ब्रेकमा एबीएस लागू गर्दा बाइक अझै सुरक्षित हुन्छ ।

डिस्क ब्रेकको हानी

आकस्मिक डिस्क ब्रेक लगाउँदा, ह्वील तेजसँग चिप्लन सक्छ । यद्यपि, यदि ह्वीलमा डिस्कको साथ एबीएस फिट गरिएको छ भने यसको खतरा कम हुन्छ ।

महंगो मूल्य– ड्रम ब्रेक बाइकको तुलनामा डिस्क ब्रेक बाइक महंगो हुन्छ र यदि तपाईं डिस्क ब्रेकलाई अलगै लगाउन चाहनुहुन्छ भने यो अझै पनि ड्रम ब्रेकभन्दा महंगो पर्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७