आफ्नै छोराबाट आमा पटक–पटक बलात्कृत, यसरी खुल्यो कर्तुत


४ असार २०७५, सोमबार
rape 3

भोजपुर, ४ असार । भोजपुरमा आफ्नै छोराबाट एक वृद्धा बलात्कृत भएकी छिन् । साल्पासिलिछो गाउँपालिका–४ खाटाम्मास्थित स्थानीय २० वर्षीय छिरिङ तेन्जिङ शेर्पाले ६२ वर्षीया आमालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।rape 3

गत असार ३ गते साँझ घरमा बसीरहेकी आमालाई घरमा आएर बलात्कार गरेको आरोपमा शेर्पालाई घरैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिएका छन् ।

पीडित आमाले आफूलाई छोराले पटक–पटक करणी गरेको भन्दै प्रहरी चौकी दोभानेमा उजुरी दिएपछि आरोपित शेर्पालाई पक्राउ गरिएको प्रनाउ थारुले जानकारी दिए । यसअघि पनि आफ्नै आमालाई बारम्बार जबरजस्ती करणी गरेको आरोप लागेका शेर्पालाई आइतबार नै पक्राउ गरी पीडित आमाले दिएको उजुरीको आधारमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुर लगिएको छ । आरोपित शेर्पालाई अनुसन्धानपश्चात कानुनी प्रक्रिया अगाडी बढाइने प्रनाउ थारुले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७