३ मिनेटअघि लञ्च खाने कर्मचारीको तलव काटियो


८ असार २०७५, शुक्रबार
japan workers

काठमाडौं, ८ असार । तोकिएको समय भन्दा ३ मिनेटअघि लञ्ज ब्रेक (दिउँसोको खाना) खाएपछि जापानमा कर्मचारीको तलब काटिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका तोकिएको समय भन्दा ३ मिनेट अघि नै लञ्च खान निस्किएपछि एक कर्मचारीको तलब काटिएको हो ।japan workers

जापानको कोबे शहरमा खानेपानी अफिसमा कार्यरत एक कर्मचारीले तेकिएको समय भन्दा ३ मिनेट अघि नै लञ्जका लागि निस्केको फेला परेपछि आधा दिनको तलब काटिएको हो । कर्मचारीले ७ महिनाम २६ दिनसम्म तोकिएको समय भन्दा अघि नै लञ्ज ब्रेक लिएका थिए । जापानमा १ बजे लञ्ज ब्रेकका लागि समय तोकिएको छ ।

१ बजे भन्दा ३ मिनेट अघि नै कार्यालय छाडेर निस्केपछि ६४ बर्षिय ती कर्मचारीको आधा दिनको तलब काटिएको हो । समय भन्दा अघि नै लञ्जमा निस्किने कर्मचारीलाई कारवाही गरेपछि खानेपानी कार्यालयका हाकिमले पत्रकार सम्मेलन गरेरै माफी मागेका थिए । आफ्ना कर्मचारीले नागरिकलाई सेवा दिन कञ्जस्याई गरेर कानुनको उल्लंघन गरेको भन्दै माफी मागेका हुन् । कोबे शहरको यो घट्नाले जापानमा काम गर्ने संस्कृति कस्तो छ भन्ने सन्देश संसारभर फैलिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७