दक्षिण काेरियामा सैन्य अभ्यास अनिश्चितकालका लागि रद्द


९ असार २०७५, शनिबार
Korean war

वासिङटन,९असार । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि रद्द गरिएको शुक्रबार घोषणा गरेको छ । Korean war

राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा भएको शिखर वार्ताको सफलतापछि यसैमा केन्दित भएर यो निर्णय गरिएको पेन्टागनका प्रवक्ताले जानकारी दिएका छन् ।

अमेरिकाले दक्षिण कोरियाली सेनासँग अगस्ट महिनाका लागि तय गरेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको घोषणा भएको हो ।
यसअघि अमेरिका र दक्षिण कोरियाले आफूहरूमाथि बाह्य आक्रमण गरिएको अवस्थामा त्यसको सामना गर्नका निम्ति संयुक्त सैन्य अभ्यास आवश्यक रहेको बताउने गरेका थिए। उत्तर कोरियाले अमेरिका र आफ्नो छिमेकी दक्षिण कोरियाबीच हुने गरेको संयुक्त सैन्य अभ्यासलाई अतिक्रमणको तयारीको रूपमा वर्णन गर्दै आएको छ।

प्योङयाङले अतिक्रमणको तयारीको रूपमा हेर्ने गरेको पृष्ठभूमिमा अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा एउटा मुख्य विवादको विषय रहिआएको छ।

गत जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो ।  सो वार्ताको क्रममा अमेरिकाले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यास रद्द गर्ने सहमति जनाएको भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७