पनामाविरुद्ध इङल्याण्डको गोल वर्षा, पहिलो हाफमै पाँच गोल


१० असार २०७५, आईतवार
kane vs panama

काठमाडौं, १० असार । विश्वकप समूह ‘जी’ को चौथो खेल अन्तर्गतको आजको खेलमा पनमाविरुद्ध इङल्याण्डले गोलको वर्षा गरेको छ । इङल्याण्डले खेलको पहिलो हाफमै ५–० को अग्रता लिएको छ ।kane vs panama

डिफेन्डर जोन स्टोन्सले आठौं मिनेटमा गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाए । ह्यारी केनले पेनाल्टीमर्फत स्कोर २–० पारे । ३६ औं मिनेटमा जेसे लिन्गार्डको गोलमा इङल्याण्डले ३ गोलको अग्रता लियो भने जोन स्टोन्सले फेरि गोल गर्दै स्कोर ४–० पारेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा फेरि पेनाल्टी जित्दै केनले स्कोर ५–० पारेको हो । पहिलो हाफमा यस विश्वकपमा ५ गोल गरिएको पहिलो पटक हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७