भारतद्वारा माल्दिभ्समाथि अघोषित नाकाबन्दी


११ असार २०७५, सोमबार
maldives pm and modi
The Prime Minister, Shri Narendra Modi delivering his statement to the media at the joint media briefing with the President of the Republic of Maldives, Mr. Abdulla Yameen Abdul Gayoo, in New Delhi on April 11, 2016.

काठमाडौं, ११ असार :  भारतले मादिभ्समाथि अघोषित रुपमा नाकाबन्दी लगाएको छ । भारतको संघीय वाणिज्य मन्त्रालय अन्तर्गतको डिरेक्टर जनरल अफ फोरन ट्रेडले माल्दिभ्स आपूर्ति हुने दैनिक उपभोग्य वस्तुको निर्यात रोकेको हो । भारतले निर्यात कटौती गरेको रुपमा अथ्र्याए पनि भारतीय सञ्चार माध्यमहरुले नै नेपाललाई लगाएकै शैलीमा अघोषित नाकाबन्दी गरेको उल्लेख गरेका छन् ।

maldives pm and modi

माल्दिभ्सले भारतबाट चामल, आलु, प्याज, गहूँको पिठो, चिनी, दाल, कुखुराको अन्डा लगायत निर्यात गर्ने गरेको छ । भारतले निर्यात रोके लगत्तै माल्दिभ्समा खाद्यान्न सङ्कट हुने दाबी गरिएको छ । तर, भारतको निर्णयले माल्दिभ्सको अर्थतन्त्रलाई गम्भीर असर नपर्ने अधिकारीले बताएका छन् ।

सन् १९८१ मा माल्दिभ्स र भारतबीच भएको व्यापार सन्धिका आधार दुबै देशविच व्यापार हुदै आएको छ । तर भारतले सो सन्धिविरूद्ध एक पक्षीय रूपमा खाद्य वस्तुको निर्यातमा कोटा प्रणाली लागू गर्ने निर्णय गरेको हो ।  सन् १९८१ मा गरिएको सम्झौतामा माल्दिभ्सले आफूलाई एक वर्षका लागि चाहिने अत्यावश्यक सामग्रीको सूची भारतलाई दिने र भारतले ती सामग्रीको उपलब्धता एवम् माल्दिभ्सको आवश्यकतालाई विचार गरेर कोटा तोक्ने उल्लेख छ । दैनिक उपभोग्य वस्तुको निर्यात रोक्नु सन्धी विपरित हो । तर, भारतले भने आवश्यकताको गणना उपभोगका आधारमा गरिएको र त्यो भारत र माल्दिभ्सबीच १९८१ मा भएको व्यापारिक सम्झौता अनुरूप रहेको दाबी गरेको छ ।

माल्दिभ्समा चीनको प्रभावपछि भारतको कदम

China Maldives Free Trade Agreement FTA
माल्दिभ्स–चीनबीच फ्रि ट्रेड सम्झौता भएको क्षण, जुन सम्झौता भारतले रुचाएको छैन

माल्दिभ्समा चीनको प्रभाव बढेपछि भारतले यस्तो कदम चालेको भारतीय सञ्चार माध्यमहरुले नै उल्लेख गरेका छन् । माल्दिभ्समा चीनको प्रभाव बढेपछि नै भारत र माल्दिभ्सबीच कूटनीतिक सम्बन्धको बिग्रिन्दै आएको थियो ।

गत वर्ष डिसेम्बरमा माल्दिभ्सले चीनसँग १२ बुँदे सहमति गरेको थियो । त्यसमा हिन्द महासागरमा आर्थिक र रणनीतिक साझेदारी गर्नेगरी विभिन्न सम्झौता र सहमतिहरू भएका थिए । माल्दिभ्सले गत महिना चीनबाट सबैभन्दा बढी अर्थात् १९ प्रतिशत सामग्री आयात गरेको थियो। त्यसै गरी सिङ्गापुरबाट १७ प्रतिशत र यूएईबाट १४ प्रतिशत सामग्री आयात भएको बताइन्छ । यो कदमसँगै भारत माल्दिभ्ससँग सन्तुष्ट थिएन । माल्दिभ्सले पनि गएको करिब एक महिनामा २ हजार भारतीय कामदारका भिषा नवीकरण गर्न अस्वीकार गरीदिएको थियो ।

यस्तै माल्दिभ्सले भारतले दिएका दुई उपहार हेलिकोप्टर फिर्ता लैजान भनेको थियो । उद्धार एवं राहतमा प्रयोग हुने ती दुवै हेलिकोप्टर फिर्ता लाने निर्णय माल्दिभ्स– भारत सम्बन्ध चिसिएको उदाहरण हो यो । सामुन्द्रिक उचाईमा रहेको माल्दिभ्सलाई चीनले आफ्नो नजिक बनाउन खोजिरहेको छ । सन् २०१६ मा एउटा टापु ५० वर्षका लागि माल्दिभ्सले चीनलाई ४० लाख डलरमा भाडामा दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७