मोफसल त मानसिकता मात्रै हो : अभिनेता माधव केसी


१३ असार २०७५, बुधबार
madhav

–राजु शिवा

काठमाडौं । नेपाली सिने जगतमा कुनै दिन एकछत्र राज गरेका धेरै अभिनेता अहिले चर्चामा समेत छैनन् । उनीहरुको खोजी धेरै कमले मात्र गर्छन् ।

madhav
अभिनेता माधव केसी

तर यहि सिने जगतमा मोफसलबाट केन्द्रलाई चुनौती पस्किरहेका अभिनेता माधव केसीलाई कामको कुनै कमी छैन । राम साइँलीको सुटिङ भर्खर सकेका केसी अहिले धुम–३ मा व्यस्त छन् । उनी आफूलाई अन्य चलचित्रका लागि समेत अफर आइरहेको बताउँछन् । पूर्वको इटहरीमा बसेर नेपाली चलचित्रमा अभिनय गर्न र यस क्षेत्रका श्रीवृद्धिमा निरन्तर रहेका माधव केसी कलाकारमा क्षमता भए मोफसलको बसाइले कुनै असर नपर्ने बताउँछन् । उनी भन्छन्, ‘मोफसल त दिमागमा सेट भएको मानसिकता मात्र हो ।’

35963756 2032811760123296 4394873543884537856 n

इटहरीस्थित पाथीभरा पोलिटेक्निकल इन्स्टिच्युटका  सुनसरी जिल्ला संयोजक समेत रहेका अभिनेता केसी आफ्नो जागिरले आफ्नो कला क्षेत्रमा कुनै असर नगरेको बताउँछन् । इन्स्टिच्युटका कला बुझेका सहकर्मीहरुले आफ्नो चलचित्र करिअरमा सहयोग पुर्‍याईरहेको उनी बताउँछन् । चलचित्रको अभिनयसँग सामाजिक काममा समेत सक्रिय अभिनेता केसी यसै संस्थामार्फत बेरोजगार युवाहरुलाई सीप प्रदान गरी स्वरोजगार बनाउने काममा समेत उतिकै सक्रिय छन् ।

कहिले कथित मोफसलबाटै निर्माण भएका चलचित्रहरुमा र कहिले राजधानीका व्यानरले बनाउने चलचित्रहरुमा काम गरिरहेको सुनाउँदै अभिनेता केसी भन्छन्, ‘आए जति सबै अफरमा काम गर्दिन, कथावस्तु र आफ्नो भूमिका बुझेपछि मात्र अभिनयका लागि साइन कामको गर्छु ।’ma2

उनी आफू संख्यामा मात्र भन्दा पनि गुणस्तरीय चलचित्रको पक्षमा रहेको सुनाउँछन् । राजधानीले उपत्यका बाहिरलाई मोफसल भनेर हेर्ने गरे पनि पछिल्ला समय मोफसलमा पनि अब्बल कलाकार, उच्चस्तरीय प्रविधि र कशल जनशक्ति निर्माण भइसकेको बताउँदै भन्छन्, ‘चलचित्र निर्माणका लागि मोफसलमा सबै कुरा छ, यताका लोकेशन पनि दर्शकलाई नयाँ लाग्छ ।’

पूर्वबाट चलचित्र क्षेत्रमा संघर्ष गरेर स्थापित बनेका अभिनेता केसीले चलचत्रि जीन्दगीबाट करिअर शुरुवात गरेका थिए । त्यसपछि चिनारी, मनमनै मन पराएँ, परिवर्तन, डन्ट ब्रेक माई हर्ट, सरप्राइज, कसुर, राम साइँली र धुममा अभिनेताको भूमिका निर्वाह गरिसकेका छन् । यस्तै टेलिचलचित्र गोफ्ले नम्बर–१, चाहना मनको, गुप्तचर, समन्तालगायतमा अभिनय गरेका छन् ।ma

अभिनेता केसीले महेश हाङखिम राई,  स्वरुपराज आचार्य, प्रमोद खरेललगायत गायकका म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका छन् । संघर्षका दिनहरु केहि कठिन भए पनि अहिले चलचित्र क्षेत्रले आफूलाई नाम र दाम दुबै दिइरहेको अभिनेता केसी सुनाउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७