फेसबुकलाई ५ लाख पाउण्ड स्टर्लिङ जरिवाना


२७ असार २०७५, बुधबार
face

काठमाडौं, २७ असार । बेलायतको डाटा संरक्षण केन्द्रले क्याम्ब्रिज एनालिटिका प्रकरणमा फेसबुकलाई ५ लाख पाउण्ड स्टर्लिङ जरिवानाको निर्णय गरेको छ । facebook

क्याम्ब्रिज एनालिटिका कारण फेसबुक प्रयोगकर्ताको निजी सूचना चुहावटमा फेसबुकको पनि संलग्नता पाइएपछि जरिवाना लगाईएको बीबीसीले उल्लेख गरेको छ । यो फेसबुकमाथि अहिलेसम्मकै सवैभन्दा ठूलो जरिवाना रकम हो । बेलायती फर्म क्याम्ब्रिज एनालिटिकाविरुद्ध अपराधिक क्रियाकलाप अन्तर्गत कारबाही गरिने बेलायती नियामक निकायले उल्लेख गरको छ ।

युरोपियन युनियनसँगको सम्बन्धविच्छेदका लागि भएको जनमत सङग्रहका क्रममा एनालिटिकाले फेसबुकबाट मतदाताको विवरण मागेको बताईएको छ । लेबर पार्टीले सो फर्मको प्रयोग गरेको पुष्टि गरेपनि के कस्ता डाटा उपलब्ध गराईएको थियो भन्ने चाही नखुलाईएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७