फेसबुक चलाउन नदिँदा आत्महत्या

अर्घाखाँची, २७ असार । फेसबुक चलाउन नदिँदा एक किशोरीले आत्महत्या गरेकी छिन् । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर– ६ निवासी बर्ष १५ कि सुनिता थापा डाँडा पोखरी शान्ति मा.वि. कक्षा १० मा अध्यनरत रहेकी छात्राले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी छिन ।

आत्महत्या गर्ने सुनिता थापाकी आमा बुधबारै भारत जाने क्रममा फेसबुक चल्ने मोबाइल नदिइ नचल्ने सादा मोबाइल उनलाई दिएकाले आत्महत्या गरेकी स्थानीयहरुले बताए ।

अहिले उनको पार्थिब शरिरलाइ अर्घाखाँची हस्पिटलमा पोस्टमार्टमको लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्