मोवाइलबाट बैकिङ भुक्तानी कतिसम्म कारोबार गर्न पाइन्छ ? आजबाट लागू भयो नयाँ व्यवस्था
काठमाडौं,साउन १: मोबाइल बैकिङबाट भुक्तानी कारोबार गर्दा एक पटकमा पाँचहजार रुपैयाँमात्र कारोबार गर्न पाइने भएको छ । तर, एक दिनमा भने १५ हजार रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ । कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्थामा बाहेक मासिक ५० हजार भन्दा बढी भुक्तानी वा जम्मा गर्न पाइने छैन ।
यता, इन्टरनेट बैकिङबाट कारोबार गर्दा एकदिनमा एकलाख रुपैयाँ सम्मको पाइनेछ भने महिनामा पाँचलाख रुपैयाँ भन्दा बढीको कारोबार गर्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ । यस्तै, रेमिट्यान्स रकमपनि एकलाख रुपैयाँ सम्म नगद नै भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ भने सो भन्दा बढी गर्नुपरे बैंक खाता वा चेक मार्फतनै गर्नुपर्नेछ ।
बैंकहरुले प्रिपेड कार्ड जारी गर्दा एकपटकमा एक लाख रुपैयाँसम्मको कार्ड जारी गर्न सक्नेछन् । प्रिपेडकार्डबाट एकपटकमा २५ हजार रुपैयाँ सम्म झिक्न सकिनेछ । एकदिनमा भने एकलाख रुपैयाँसम्म झिक्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
यदि सम्बन्धित बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकको निर्देशन पालना गरेनन् भने कारबाही हुने जनाइएको छ । यदि भुक्तानी सेवाको स्तर बृद्धि, मर्मत सम्भारजस्ता काम गर्नुपर्ने भएमा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ ।