डा.केसीको अनसनका कारण उपचार नपाउँदा मोरङमा एक बालकको ज्यान गयो


६ श्रावण २०७५, आईतवार
Kashmir Lamsal

काठमाडौँ, ६ साउन :  चिकित्सक गोविन्द केसीको अनसनका नाममा भएको अस्पतालको हड्तालका कारण विराटनगरमा एक अबोध बालकले ज्यान गुमाएको भन्दै फेसबुकमा एउटा फोटो भाइरल बनेको छ । केसीको समर्थन गर्दै नेपाल चिकित्सक संघले गरेको बन्दले कोशी अञ्चल अस्पताल बन्द हुदा बालकले ज्यान गुमाएका हुन् ।

Kashmir Lamsal

मोरङ जिल्ला लेटाङ न पा ३ बस्ने दुर्गा लम्सालको ११ महिनाको छोरा कास्मिर लम्सालको केसीको नाममा भएको अस्पतालको हडतालले ज्यान गाएको हो ।

उनका आफन्ताका अनुसार बालकलाई बिरामी भएर उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको थियो । तर, ओपिडीमात्र बन्द गराउने भने पनि आकस्मिकका स्वास्थ्यकर्मीले समेत काम नगर्दा एउटा अबोध बालकले ज्यान गुमाएका हो । निमोनिया देखिएको बालकलाई उपचारका लागि अस्पताल लगेपनि उनले सामान्य उपचारसमेत नपाउँदा ज्यान गएको परिवारले जनाएको छ ।

 

Kasmir Lamsal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७