नायिका प्रियंकाकाे नाम अब ‘आयंका’, आयुष्मानसँगको सम्बन्ध प्रगाढ देखाउन लेखाइन यस्तो ट्याटु


१३ श्रावण २०७५, आईतवार
priyanka 62sdI3k0lM

काठमाडौं, १३ साउन । अभिनेत्री प्रियंका कार्कीको भर्खर सार्वजनिक गीतको भिडियोमा देखिएको ‘भल्गर’ सिनका कारण इन्गेजमेन्ट गरिसकेका प्रेमी आयुष्मान देशराज भड्किएको अनुमान भइरहेका बेला प्रियंकाले एक अनौठो तस्विर सार्वजनिक सञ्जालमा पोष्ट गरेकी छन् ।priyanka 62sdI3k0lM

प्रेमी आयुष्मानसँग इन्गेजमेन्ट गरेपछि अमेरिका हानिएकी अभिनेत्री प्रियंकाले आफ्नो गर्धनमा आफू र प्रेमी आयुष्मानको नाम मिलाएर आफ्नो नाम प्रियंकाबाट ‘आयंका’ को ट्याटु खोपाएकी छन् । उनको यो पोष्टसँगै फिल्मी क्षेत्रमा प्रियंकाबारे फेरि अर्को चर्चा चुलिएको छ ।
गीतमा प्रियंकाले अभिनेता प्रमोद अग्रहरीसँग भल्गर बेड सिन नेपाली समाजमा सहजै नपच्ने खालको रहेको र यसले आयुष्मान–प्रियंकाको सम्बन्धमा समेत असर पर्नसक्ने भन्दै आलोचना भइरहेका बेला प्रियंकाले पोष्ट गरेको तस्विरले आफूहरुको सम्बन्ध प्रगाढ रहेको छ भन्ने देखाउन खोजिएको अनुमान चल्न थालेको छ ।

प्रियंकाको यो सरप्राइज ट्याटु प्रियंकाको शरीरमा खोपिएको चौथो ट्याटु हो । उनले ट्याटु शो गरेको एक तस्बिर शेयर गर्दै सधैंभरीको माया भनेर क्याप्सन लेखेकी छिन् । यसअघि प्रियंकाले दाहिने खुट्टामा एउटा ट्याटु खोपाएकी थिइन् । त्यस्तै उनको ढाडमा एउटा ट्याटु छ भने दाहिने स्तनको तलपट्टि पनि प्रियंकाले ट्याटु खोपाएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७