प्रतिवेदन बुझाउनेमा पहिलो बन्यो नेकपाको कर्णाली प्रदेश


२५ श्रावण २०७५, शुक्रबार
Nepal comunist party karnali
g]kfn sDo’lg:6 kf6L{ -g]skf_ s0ff{nL k|b]zsf] kf6L{ Pstfsf nflu ul7t sfo{bnn] cfh dxf;lra lai0f’k|;fb kf}8]nnfO{ g]skfsf] ;+;bLo bnsf] sfof{nodf k|ltj]bg a’emfpg’ x’Fb} sfo{bnsf ;+of]hs o’j/fh 1jfnL / ;b:ox? hgfb{g zdf{, odnfn s8]n tyf dfof k|;fb zdf{nufot . t:jL/ M z/b zdf{, /f;;


काठमाडौँ, २५ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको पार्टी एकताका लागि गठित कार्यदलले नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई आज प्रतिवेदन बुझाएको छ ।

Nepal comunist party karnali

महासचिव पौडेललाई नेकपा संसदीय दल कार्यालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक युवराज ज्ञवाली तथा सदस्य जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्माले प्रतिवेदन बुझाएका हुन् । प्रदेश तहमा पहिलो पटक कर्णाली प्रदेशले प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा प्रदेश सङ्गठन कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद् र केन्द्रीय सल्लाहकार समितिमा रहनेको नामवाली बुझाइएको कार्यदलका सदस्य कँडेलले जानकारी दिए। पार्टी एकताका लागि नेकपाले सात वटै प्रदेशमा प्रदेशस्तरीय कार्यदल गठन गरेको छ ।


नेकपाले साउन मसान्तसम्मका लागि सात वटै प्रदेशलाई प्रदेशस्तरमा पार्टी एकताका लागि प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७