वडा सचिव घुस लिँदालिँदै पक्राउ


२ भाद्र २०७५, शनिबार

इटहरी, २ भदाै ।  इटहरी उपमहानगरपालिका-१० का सचिव विदुर रेग्मी घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार उनलाई घुससहित पक्राउ गरेको हो। अाजकाे अन्नपूर्ण पाेष्टमा समाचार छ ।

व्यवसाय संचालन गर्न सिफारिस दिए बापत उनले १३ हजार रुपैयाँ घुस लिएको अख्तियारको टोलीको दाबी छ। अख्तियारको क्षेत्रीय कार्यालय इटहरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार उनले होटल सञ्चालन गर्ने एक सेवाग्राहीलाई घरेलुबाट व्यावसाय प्रमाणपत्र दर्ता चाहिने सिफारिस ल्याइदिने भन्दै पैसा लिएका हुन्।

उनले व्यवसायीलाई घरेलुको काम पनि मिलाइदिने भन्दै पैसा लिएको सेवाग्राहीको गुनासो अख्तियारमा आएपछि विशेष टोली पक्राउ गर्न पुगेको हो।

प्रहरीले वडा सचिवलाई इटहरी ६ स्थित रोजरक मम पसलबाट पक्राउ गरेको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७